गुल्मीमा डहरे खोलाले बगायो कार

2
views

गुल्मी, २०, साउन । गुल्मीको डहरे खोलाले बीएए ००१७ नम्बरको कार बगाएको छ । कार ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खोलाले कार बगाएपनि मानविय क्षति नभएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । डहरे खोलामा पक्की पुल थिएन ।

अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको हो । सत्यवती गाउँपालिका वडा नम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको कार बगाएको प्रहरीले जनाएको छ ।