काठमाण्डौ, २६, साउन । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीमा आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज सोमबार इजरायल जाँदै छन् । फ्लाइ दुबईमार्फत बिहान ९ बजे उनीहरू इजरायल जान लागेका हुन ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायल सरकारले आमाछोरीलाई बोलाएको हो । नेपालस्थित इजरायली दूतावासले उनीहरूको यात्राका लागि टिकटको व्यवस्था गरेको छ
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसबाट ‘सिक्दै कमाउँदै’ (लर्न एन्ड अर्न) कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई २०८० असोज २० गते हमासले बन्धक बनाएको थियो ।
इजरायल हमास युद्धमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई बन्धक बनाएो थियो ।