म्याग्दी र पर्वतका लेकमा पाईने निउरो उपभोक्ताको रोजाईमा

45
views

गोपाल जिसी
पर्वत, २९, साउन । पर्वत र म्याग्दीको उच्च पहाडी क्षेत्र (लेक) को जङ्गलमा पाइने निउरो र निगालोको टुसा बजार र गाउँका उपभोक्ताको रोजाईमा पर्न थालेको छ ।

केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निउरो (स्थानीय भाषाको लाखुटो)को माग बढेपछि ग्रामिण क्षेत्रका बासिन्दाहरुले आम्दानीको स्रोत बनाउन थालेका छन् ।

सडक यातायात र ढुवानीको सुविधासँगै निउरो, च्याउ, टुसाले बजार पाउन थालेको छ । पर्वतको कुश्मा, बेनी र बागलुङ हुँदै पोखरा काठमाण्डौंका उपभोक्ताले गाउँका ताजा र अर्गानिक तरकारी रुचाएका हुन् ।