काठमाडौँ, २५ भदौ । जेनजी आन्दोलनमा आगजनीमा परेकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको आइसियूमा उपचार भइरहेको छ। चित्रकारको कीर्तिपुर वर्न अस्पतालको आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
वर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले अनुसार चित्रकारको शरीर १५ प्रतिशत जलेको भए पनि स्वास्थ अवस्था चिन्ताजनक छ। श्वासप्रश्वासमा समस्या भएकाले स्वास्थ्य अवस्था चिन्ताजनक छ।’
मङ्गलबार प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा जल्नुभएको थियो ।