प्रधानमन्त्रीले दिए राजीनामा

0
views

काठमाण्डौ, २४, काठमाण्डौ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको पुष्टी गरेको छ ।
धमाधम राजीनामा दिदै मन्त्रीहरु
सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।

सोमबार राती गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । मंगलबार बिहान कृषिमन्त्री रामनाथ अधिकारी र दिउँसो स्वास्थ्य मन्त्री प्रदिप पौडेलले राजीनामा दिए ।

आन्दोलन चर्किदै जाँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन् । कांग्रेसकै तीन तीन जना मन्त्रीले राजीनामा दिइसक्दा पनि कांग्रेस सभापती शेरबहादुर देउवा भने सरकार छोड्ने मुडमा छैनन् ।