काठमाण्डौं, ६, असोज । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेकी छिन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप पाँच जना मन्त्री नियुक्तिका लागि आइतबार सिफारिस गरेकी हुन ।
राष्ट्रपतिको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीमा महावीर पुनलाई सिफारिस गरेकी हुन् ।
साथै कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. मदनप्रसाद परियार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी हुन् ।
डा. सङ्गीता कौशल मिश्रा विरुद्ध अख्तियारमा छानबिन भैरहेको भन्ने आरोपका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएको उनको नाम होल्ड गरिएको छ ।