काठमाण्डौ, २६, असोज । जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको छ ।
अहिलेसम्म विभिन्न बीमा कम्पनिहरुले एक अर्ब ५८ करोड ५६ लाख भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।
२३ असोजसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी १ अर्ब ३२ करोड ७२ लाख सम्पत्ति बीमा (घरसम्पत्ति) अन्तर्गतको रहेको छ ।
सम्पत्ति बीमामा सबैभन्दा बढी १९ अर्ब ६ करोड ७६ लाख दाबि परेको छ । त्यस्तै मोटर बीमामा ३ अर्ब ४१ करोड ६ लाख दाबि परेकोमा २४ करोड ९१ लाख मात्र अहिलेसम्म भुक्तानी भएको छ ।
भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूले उल्लेख गरेका छन् ।