ओलीको ‘भजन संग्रह’

कमरेड केपी ओलीको पुस्तक पनि पुस्तक बजारमा आयो

2996
views

अन्ततः कमरेड केपी ओलीको पुस्तक पनि पुस्तक बजारमा आयो। अस्ति भर्खरमात्रै उक्त पुस्तक विमोचन भयो। कमरेड ओलीको पुस्तक भनेपछि मैले त सोचेको थिएँ– उहाँ आफ्ना उखानटुक्का र चुट्किलाहरूको संग्रह निकाल्दै हुनुहुन्छ। नेपाली पाठकबीच उहाँका उखान र टुक्काहरू अत्यन्त लोकप्रिय छन्। यत्रतत्र छरिएका त्यही उखानटुक्काहरूलाई एकै ठाउँ संकलन गरी पुस्तकको रूप दिएको हुनुपर्छ भन्ने मेरो पहिलो अनुमान थियो। त्यो फेल भयो।