बहुदलीय व्यवस्था तथा कथित संघीय गणतंत्र नेपालका लागि अभिसाप हो ।
नेपालको मौलिक पहिचान मेटाउन पछिल्लो कालमा गणतंत्र नेपाल र नेपालीका प्रमुख शत्रुका रुपमा रहदै आएको छ भने बहुदलीय ब्यबस्थाले भ्रष्टचार विकृति विसंगति र देशका नदी नाला बेचविखन र दोहन गर्ने क्रियाले तीव्रता पायो ।
नेपाल जस्तो र गरिव राष्ट्रमा प्रजातंत्रका नाममा दलहरु खोल्ने स्वतंत्रताले हरेक पाँच वर्षमा खर्चिलो चुनाव गराएर प्रतिपक्षी विहिन संसदीय खेल विश्वले देख्दै भोग्दै आएको छ । संसदीय प्रजातंत्रको मजाक गरिरहंदा प्रजातंत्र रोइरहेको छ । प्रतिपक्षी विहिन सरकार र संसदको नाटक मंचन भैरहदा विदेशी शक्तिले हिंस्रक माओवादी शक्तिलाई जलमल गर्यो । कथित जनयुद्दको नाममा भएको आतंकले नेपाल कैंयो वर्ष पछि पर्यो र माओवादीकै काँध चढाएर नेपाल जस्तो गरिव मुलुकमा गणतंत्रको भारी बोकायो । गणतंत्रको भारी बोकाउनु पूर्व २०५८ साल जेष्ठ १९ गते नेपालको गरिमामयी इतिहाँसमा राजा विरेन्द्रको वंश विनाश हुने गरी विदेशी शक्तिको खेलले दरवार हत्याकाण्ड निम्तायो । राजा विरेन्द्रको वंश विनाशसंगै धार्मिक सहिष्णुतामा खलल पुरायो । हिन्दु राष्ट्र भनेर विश्व माझ परिचित नेपालको जग हल्लियो खल्वलियो । पहिचान मेटाउने खेल खेलियो । नेपालमा विदेशी शक्तिको नाँगो हस्तक्षेप भइरंहदा कुनै पार्टी नेता विदेशी चलखेलको विरुद्द चूँ सम्म बोलेर प्रतिकार आवाज गर्न सकेनन् । विदेशीद्दारा पालित पोषित दलालका कारण नेपालमा राजा केही समयका लागि अस्ताउन वाध्य भए ।
नेपालमा गणतंत्रको भारी बोकाएर नाममा विसंगति प्रतिपक्षी विहिन संसदिय नाटक वर्ष वर्षमा सत्ता परिवर्तनका कारण नेपाल आर्थिकरुपबाट जर्जर टाट पल्टिंदै जाँदा जनतामा ब्यापक निराशा र कुण्ठाले राज्यसत्ताको नया विकल्पको माग गर्यो । वस्तुगत रुपमा अध्ययन गर्दा नेपालमा अन्ततः राजा समेतको नेपाल हिन्दु अधिराज्य र अहिलेको युगानुकूल राजतंत्र आवश्यक्ता बन्यो ।
२०६८ मा राजसत्ता छोड्दा राजा ज्ञानेन्द्रद्दारा जनताको नासो जनतामा नै बुझाएको छु भनी गौरवपूर्ण ढंगले राज सत्ता हस्तान्तरण गरे ।
नागर्जुन जंगल वास गरेका राजा ज्ञानेन्द्र बिर विक्रम शाह पटक पटक नेपालका धर्मिक तीर्थस्थलहरुमा भ्रमण दर्शन गर्दै गर्दा पछिल्लो पटक राजा प्रति जनताको ब्यापक जनसहभागिताले राजसंस्थाको आन्दोलनले गति लिन थालेको छ । नेपालका प्रशिद्द तीर्थस्थलहरुको दर्शन भ्रमण गर्ने क्रममा स्वचालितरुपमा जनताले राजा आऊ देश बचाऊ भन्ने नारा नेपालका सबै ठाउँमा ब्यापक जनसहभागिताकारुपमा सभ्य र भव्य ढंगले हुदै आए । पछिल्लो मिति २०८१ फागुन ०७ को प्रजातंत्र दिवसको पूर्व संन्ध्यामा प्रजातंत्रका नाममा दिइएको बक्तव्यले नेपाल मात्र होइन विश्वमा नै सवाधिक चर्चा पायो । राजा ज्ञानेन्द्र अहिले सम्म चुप्पी साँधेर बसेको अवस्थामा अव जनता आऊ । मलाई साथ सहयोग देऊ मैले के कति योगदान दिनु पर्ने हो कसैले पनि चुप्पी साधना गर्ने होइन खुलेर आऔं अव बेला भएको छ भनी चुप्पी तोडेको अवस्थामा काठमाडौं लगायत नेपालका शहर र गाउँहरुमा राजा प्रति ऐक्यवद्दताको जनलहर र आन्दोलन हुदै आएका छन् । विशेष गरी राजा ज्ञानेन्द्र पश्चिमाचंल गण्डक क्षेत्रमा रहेका महत्वपूर्ण धार्मिक स्थल भ्रमणको क्रममा बागलुङ्ग कालिका म्याग्दी बेनी गलेश्वर धामको तीर्थ दर्शन पश्चात नागर्जुन निवास फर्कदै गर्दा मिति २०८१ साल फागुन २५ गते जनताद्दारा राजाका स्वागतका लागि काठमाण्डुमा देखिएको दृश्यले राजा प्रति जनताको बढ्दो जन लहर अव कसैले रोकेर रोक्न सक्दैन । यो साँकेतिक आन्दोलनले जनताले अव गणतंत्रको विकल्प राजतंत्र चाहेको प्रष्ट हुन्छ ।
आन्दोलनको लागि राष्ट्रिय परिस्थिति अनुकूल भएको र पश्चिमा शक्तिहरु युद्दमा जुटिरहेको र विश्व बहुधुर्विय भएको वेलामा अन्तराष्ट्रय परिस्थित पनि अनुकूल बन्दै आएको अवस्थामा अजको नेपाली आन्दोलनको विशिष्ट लक्ष्य तय नभएको र जनमैदानमा राजतंत्र वा राजसंस्था के भन्ने विषयको टुंगो नलागी भएको आन्दोलन कुन दिशामा उन्मुख हुने हो गर्भगृहमा नै छिपेको छ । राजतंत्र वा राजसंस्थाको सत्ताकरणको नेतृत्व पुरानै पंचे मण्डले समूहलाई नया पुस्ताले चिन्न नसक्ने र उनीहरुको विगतको प्रवृति उपर जनता सशंकित भएकाले त्यस्तो नेतृत्व स्वीकार गर्ने अवस्था छदैछैन् । आन्दोलन के प्राप्तिका लागि हो भन्ने कुराको तय नै हुन नसकेको वा स्पष्ट दिशा दिशा निर्देश नभएको अवस्था विदेशी शक्ति राष्ट्र पुन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सक्ने प्रवल संभवना छ । राजावादी शक्ति खेमाहरु बीच एकद्दारमा ल्याउने र उनीहरु बीच राष्ट्रिय सम्मेलन गरी राजा वा राजाको औचित्य बारे र राजा जनताको शक्तिबारे गहन विश्लेषण र संश्लेषण विषयमा कतै सहमती भएको देखिदैंन । कुनै सकरात्मक प्रयास नगरी जनताको विश्वास नजिती गरिने आन्दोलनले धोका हुन सक्छ । राष्ट्रलाईपुन अनन्तकाल सम्म पछि धकेल्न सक्छ ।
नेतृत्वले आन्दोलनको औचित्यता पुष्टि गर्न सक्नु पर्छ र यसलाई गाउँ शहरको जनतहसम्म लैजानु पर्छ । बहुदलीय गणतंत्रका मतियार र ठेकेदार समेतको नेतृत्वलाई तह लगाउने एजेण्डा पनि तय हुनु आवश्यक छ । आन्दोलनको औचित्यता नै पुष्टि हुन नसकेको अवस्थामा नेतृत्व कमजोर हुने र नेतृत्व कमजोर भएमा जनधनको क्षति र रक्षा प्रतिरक्षाका लागि पुन आन्दोलन तुहिन सक्ने संभवना प्रवल भएको छ । आन्दोलनको नेतृत्वकर्ता राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिरपरिचित हुन आवश्यक छ भने आन्दोलनबाट प्राप्त उपलब्धिलाई अन्तराष्ट्रिय समुदायबाट अनुमोदित हुन त्यतिकै आवश्यक छ । राजा कार्यकारी प्रमुख भएको राजतंत्र समेतको राजसंस्था नेपालको आवश्यक्ता हो ।
नेतृत्वको विचार अनुरुप कार्यदिशा तय हुने र त्यसलाई लागू गर्ने विधि नै हो सम्बृद्दिको उपर्युक्त विधि हो । नेपालमा नेपाल एकीकरणका नायक राजा पृथ्वि नारायण शाहले प्रतिपादन गरेका विचारहरु आज र भोलि पर्यन्त सम्म नेपालकै हितका पथप्रदशक मार्ग चित्र रहेका छन् । नेपाल चार वर्ण छत्तिस जातको साझा फूलवारी हो । घुस लिन्या र घुस दिन्या दुबै राष्ष्ट्रका शत्रु हुन् । उत्तर सोझो छ दक्षिण चलाक छ सो अनुरुप ब्यबहार नीति अख्तियार गर्नु । प्रजा मोटा भए देश वलीयो हुन्छ भन्ने जस्ता विकास वादी चिन्तन विचारले युक्त पृथ्विपथ लागू गर्न र सो अनुरुपको नेतृत्व हुन आवश्यक छ । अन्यथा एकको विचार अर्काको नेतृत्व हुदा पेरिस कम्युन असफल भए झै नेपालको आन्दोलन तुहिन सक्छ । यसबारे नेतृत्व सजग र सतर्क हुन आवश्यक छ । राजासंग निरन्तर संपर्क र सम्बन्धमा रहने जनताका गुनासाहरु सुनिई रहने राजालाई जनताबाट टाढा रहन नदिने । जनताका मुद्दा नसुन्ने तह तप्का र निकाय र ब्यक्तिलाई कानून बमोजिमको कारवाई गर्न पछि नपर्ने राजा र सो अनुरुपको नेतृत्व नेपाली जनताको चाहना हो । नेपालको सम्वृद्दिको आधार विदेशीवाद होइन नेपालकै माटोमा जन्मेको नेपालकै माटोमा फुलेको फक्रेको पृथ्वी पथ नै नेपालको सम्बृद्दिको मूल आधार हो । राजा पृथ्वि नारायण शाहले न त बहुदलीय ब्यबस्थाको परिकल्पना गर्नु भएको छ न त गणतंत्रको परिकल्पना गर्नु भएको छ बरु तितरवितर राज्यहरुको सवल एकीकरण गर्नु भएको छ । समबृद्द नेपालको सार्थकता पृथ्वि पथमा आधारित राज्य संरचना हो । धर्म धर्म बीचको सहिष्णुता र एकमात्र पवित्रता हिन्दुत्व कायम गराउने र विश्वको धार्मिक गन्तव्य पर्यटन एक मुख्य आधार हो ।
आन्दोलन गर्ने संघ समूह संस्था वा ब्यक्तिहरुले आन्दोलनको रुप रेखा तयार पार्नु पूर्व नेपालको आर्थिक विकासको साझा मापदण्ड बनाउनु पर्छ । सबै जातजाति धर्म संस्कृति समुदाय लिंग वर्ण बर्ग समदायलाई समेटेर लैजाने नेतृत्व र त्यस्तो सवल नेतृत्वले मात्र देशको आन्दोलन सफल मात्र होइन भावि १० वर्षमा नै नेपालको आर्थिक विकासको काँचुली फेर्न सक्छ । नेपाल विश्वकै नमूना संपन्नशाली राष्ट्र बन्न सक्छ । यसबाट नै राजावादी आन्दोलनको औचित्यता पुष्टि हुन्छ ।
लेखकः अधिवक्ता यज्ञ बहादुर थापा