राजाको आवश्यक्ता किन ?

133
views

राजाको आवश्यक्ता किन ? भन्ने विषय नेपालको संदर्भमा वर्षौं जोडिएर आएको विषय हो । ईष्ट–इण्डिया कम्पनीको नेपाल आक्रमण प्रयाससँगै नेपालमा राजा कहिले शक्तिशाली त कहिले कमजोर बन्दै गएका इतिहाँस सर्वविदित नै छ । ईष्ट–इण्डिया कम्पनीकै कारण नेपालमा राणा शासनको उदय भयो भने राजा त्रिभुवनले दिल्लीको शरण समेत लिनुपर्यो । ईष्ट–इण्डिया कम्पनी इन्डिया छोडेर गएपनि नेपालप्रति गरिने ब्यवहार भने फरक छैन इन्डियन शासक वर्गको । नेपालको राष्ट्रिय मामिलामा र आन्तरिक जनपक्षीय मामिलामा भने राजसंस्था वा राजतन्त्र सदा स्पष्ट रही आएको र जनता र राष्ट्रप्रति कहिलै घात नगरेको इतिहाँस विश्व सामु छर्लङ्ग छ । कतिपयले राजतन्त्र समेतको राजाको आवश्यक्ता मान्ने गरेका छन् भने कतिपयले साँस्कृतिक पहिचानको रुपमा लिने गरेका छन् । जुनसुकै दृष्टिबाट वहस छलफल भएपनि राजा नेपालको शान र निशान हो सांकेतिक होइन भन्ने विषयमा दुई मत रहेन ।

जुनसुकै दृष्टिबाट वहस छलफल भएपनि राजा नेपालको शान र निशान हो सांकेतिक होइन भन्ने विषयमा दुई मत रहेन ।

नेपालमा राजा, राजसंस्था मियो वा नेपालकै मेरुदण्ड हो । नेपालको पहिचान र निशान पनि राजा नै हो । नेपाललाई कमजोर पार्न आफ्नो मातहत र निर्देशनमा चलाउन र कतिपयले नेपालको अस्तित्व नै विलय गराउन पटक–पटक दाउपेच षडयन्त्रमा रुलमलिई रह्यो । २०४६ सालको कथित बहुदलको नाम ब्यबस्था भित्राउनु नेपालको राजामा निहित सार्वभौम सत्ता सम्पन्न मुलुकलाई कमजोर पार्न र राजालाई जनताबाट अलग थलग गर्न ल्याइएको भ्रष्ट ब्यबस्था हो ।

२०५८ को जेष्ठ १९ गते राजदरवारमा जुन कत्ले नरसंहार घटना गराइयो यसको मूल आधार २०४६ को बहुदलीय ब्यबस्था नै थियो । नेपालको भौगोलिक सिमाना र बहुल संस्कृतिको पहिचान बनेको राजा अन्त्य नगरेसम्म नेपाली राष्ट्रियता कमजोर नहुने र विदेशी संस्कृतिले प्राथमिकता नपाउने निश्चित भएपछि २०५८ साल जेष्ठ १९ मा राज दरवार हत्याकाण्ड भयो । यस हत्याकाण्डमा राजा विरेन्द्रको समूल वंश नाश मात्र नभई राजा ज्ञानेन्द्र शाह र उहाँको परिवारको चरित्र हत्या गर्ने र हत्याको दोष उनिमाथि थोपर्ने दुष्प्रयास गरिए । नेपाल र नेपाली माथिको अपार अद्भूत एकता बहुल धर्म भाषा संस्कृतिको रक्षक र नेपालको भूगोलको अधिष्ठात्र र एकीकरणका संरक्षक योद्दा सन्तान गुमाएको त्यो दिन र चरित्र हत्या राजा माथि नै थोपरेको उक्त दिनलाई नेपालकै इतिहाँसमा कालो दिन भनेर चिनिने गरिन्छ ।

हाम्रा वेद शास्त्र तथा पुराणहरुले नेपाललाई देवदेवी भूमि तपो भूमि सिद्द भूमि भनेर पहिचान दिंदै आएको छ । विश्वलाई आध्यात्मिक नेतृत्व प्रदान गर्ने शास्त्रहरुको उद्भव नेपालमा सृजना भएका हुन् भने विश्व आध्यात्मिक गुरुपनि नेपाल नै हो । नेपालमा पाइने शालग्राम शिलाको प्रादुभावले प्राणीहरुको मूल उत्पति स्थल कालीगण्डकी नदी सतह नै हो भनी विज्ञानले खोज अन्वेषण गर्दै गर्दा र नेपाललाई शान्ति भूमि आध्यात्मिक भूमि र गुरु भूमि हुने र सो को नेतृत्व राजसंस्थाले नै गर्दै आएको हुँदा पश्चिमा शक्ति राजाको वंश विनाशतर्फ उद्दत रह्यो ।

राजा पृथ्विनारायण शाहको पाला देखि विरेन्द्र कालसम्म शाह परिवारको शासन कालको विकास पक्ष हेर्दा त्रिभुवन कालसम्म विदेशी हस्तक्षेप र युद्द कालमा नै नेपालको सम्पूर्ण शक्ति खपत भएको छ भने राजा महेन्द्रले २०१८ साल देखि २०२८ सालसम्म मात्र विकासको गतिले तीव्रता लिएको र राष्ट्रिय र अन्तराष्ट्रिय सन्तुलन मिलाउने सकरात्मक प्रयास भएको छ । महेन्द्र राजाले १० वर्ष भित्र जे जति विकास गरे हाल बहुदलीय ब्यबस्था भित्रिएको २०४६ यता विकासले फड्को हान्न नसकेको र देश अधोगतितर्फ गैरहेको प्रष्ट छ र राजालाई संवैधानिक राजसंस्थाको रुपमा राखेर राजा कमजोर बनाउने घृणित खेल शुरु भयो ।

राजा कमजोर बनाउन विभिन्न शक्ति समूहले तानाबाना बुने । राजालाई अप्रिय बनाउन पञ्चायती कार्यकर्ता जो विदेशी इशारामा सञ्चालित थिए जनता मार्ने सताउने काम हुन थाल्यो । विशेष गरी कम्युनिष्ट पार्टी जो पश्चिमी मुलुकबाट उदय भयो यसको विकास हुन सकेन माक्र्सवादको नाम जपेर नेपालमा २००६ सालमा भित्राउनुले नेपालको आफ्नो पलायन शुरुवात भयो त्यसैवेलादेखि देव देवी भूमि तपो भूमि र सिद्द भूमि वा ऋषि भूमि विनाश हुँदै गयो । यो नेपालका लागि अहिले पनि उत्तिकै विष सरह रहेको छ ।

नेपाली दलहरु विदेशी इशारामा चल्ने । नेपालजस्तो सानो मुलुकमा बहुदलीय ब्यबस्था भित्र्याएर नेपाली जनता बीच विभेदीकरण गर्ने । कुनैपनि दलले बहुमत ल्यायो भने ५ वर्ष शासनकाल पु¥याउन नदिने । कानून भन्दापनि दल हावी हुने प्रवृति चरमचुलिमा छ । सरकार वर्षको कम्तिमा दुईपटक र बढीमा छ पटक परिवर्तन हुनुले बहुदलीय ब्यबस्था नेपालमा अभिषाप बनेको छ । चुनावी खर्च धान्न नसक्ने मुलुकले पटक पटक चुनाव हुनु र गणतन्त्रका नाममा राज्य सरकार बन्नु थप अर्को बोझ र चुनौति हो । नेपालमा विकासका बाटा अवरुद्द भएका कारण उद्योग धन्दा फस्टाउन सकेन भने भएका उद्योग पनि बहुदलीय शासकहरुले बेची खाए । रोजगारको अवसर सृजना नगरिनुको कारण हाल नेपाल युवा पलायन र युवा विहिन अवस्थामा पुगेको छ । भारतसँगको ब्यापार घाटा नेपालकै राजनीतिक दलकै कारण चरमचुलिमा पुगेको हो ।

राजनीतिक दललाई राष्ट्र प्रधान भन्दापनि सत्ता प्रधान बन्नु र सत्तामा अडिन विदेशी शक्ति गुहार्नु थप विडम्वना हो । जसले अन्ततः पराधीनता स्वीकार गर्यो । बहुदलीय शासक राष्ट्रका लागि कहिलै पनि महत्वाकाँक्षी बन्न सकेन । हाल केही वर्ष यता आएर पञ्चवर्षीय गुरु योजना बन्न छोडेका छन् भने देश विकासका लागि योजना विहिन अवस्थमा रुपान्तरण भैरहेको छ ।

विभिन्न जात जाति धर्म संस्कृति मिलेर बसेको र त्यसको नेतृत्व गरेको राजसंस्थालाई कमजोर बनाएपछि स्वयं नेपालीले नै नेपाल मेरो देश हो भन्ने गर्व गर्ने आँट र हिम्मत हराउँदै गयो । शासक वर्ग कुलीन वर्गमा रुपान्तरण भई जनतालाई दासको रुपमा ब्यबहार गर्न थाल्यो । नेपालमा अडिने र रहन नसक्ने वातावरण सृजना गरिदिएपछि स्वभावैले स्वाधीनता समेतको स्वाभीमान नेपालको राष्ट्रियता की पराधीन विलय समेतको इण्डियन नेपाल भन्ने प्रश्न उठ्न थालेको छ । दलहरुले देशलाई राजाको भन्दा उच्च विकास गर्न सकिन्छ भन्ने विचार छरेर २०८०।८१ सम्म जसरी राज्य गरे । परिमाणतः देश परनिर्भर पराधीन बन्दै गयो । धर्म संस्कृति खल्वलिन थाल्यो । राजा पृथ्वि नारायण शाह कालमा विभिन्न भुरे टाकुरे २२ से २४ से राज्यहरुलाई एकीकरण गर्ने क्रियाको मूल श्रेय पृथ्वि नारायण शाह र उनको वंशलाई जान्छ । अतः नेपाल प्रतिको असिम माया ममता राजा बाहेक अरुमा हुँदैन । विभिन्न धर्म संस्कृतिविच समन्वय कायम गराउने पनि राजा नै हुन् भने विदेशी शक्तिहरुसँग असल छिमेकी र सम्बन्ध कायम राख्नसक्ने ल्याकत पनि राजामा नै हुन्छ । राजा ती राजा जो अहिले २१ सौं शताव्दिको युगसंग मेल खाने जनहितकारी राजा आवश्यक छ । पञ्चायतमा जस्तो एक दुईको कुरा सुनेर जनतालाई मार्ने राजा आवश्यक हैन । तसर्थ राजाका सल्लाहाकार को कहाँबाट कसरी कुन मोडमा कुरा आयो त्यसलाई पर्गेल्न सक्ने राजा नेपालका लागि आवश्यक हो । नेपालमा राजा संवैधानिक राख्नु भनेको पुन बचेको राज परिवार समाप्त पार्नु हो । राजनीतिक दल विदेशीका भरिया र तलुवा चाट्ने भएका कारण राजा सिध्याउने खेलमा पुन लाग्छन् । नेपालको ऐतिहासिक धरोहर सदाका लागि समाप्त पार्न सक्छन् ।

इतिहास साक्षी राखेर गरिएको समिक्षा विश्लेषण र त्यसको संश्लेषण नै महत्व हो । दल राखेर बहुदलको मन्त्र जपेर संवैधानिक राजा राख्न खोज्नु नेपाल र नेपालीका लागि अर्को ठूलो दुर्घटना निम्ताउनु हो ।

हाल नेपालमा विभिन्न कोणले राजाको वकालत गर्ने गरिएको छ । इतिहास साक्षी राखेर गरिएको समिक्षा विश्लेषण र त्यसको संश्लेषण नै महत्व हो । दल राखेर बहुदलको मन्त्र जपेर संवैधानिक राजा राख्न खोज्नु नेपाल र नेपालीका लागि अर्को ठूलो दुर्घटना निम्ताउनु हो । यसो हो भने अहिले नै हामी नेपाली जनताले यो देशलाई इण्डियामा विलयकरण गर भनेर त्यहाँको शासक वर्गलाई बुझाए हुन्छ । कम्तिमा पनि भ्रष्टचार महँगी लुटपाट ठगी कम हुने थियो भने नेपाली गरिबले ठूलो राहत प्राप्त गर्ने थियो । संवैधानिक राजा भएर टुलुटुलु हेरेर बस्नु विदेशीले नेपाललाई नचाई रहने र राजाको कुनै एक्टिव भूमिका नहुने हो भने त्यस्तो राजाको परिकल्पना नगर्दा राम्रो हुन्छ । एकदलीय ब्यबस्थामा आधारित सक्रिय राजा समेतको राजतन्त्र नेपालको वस्तुगत आवश्यक्ता हो । यतापट्टि सकरात्मक सोच राख्ने र नेपाली भएर बाँच्ने आधार पनि हो ।

लेखकः अधिवक्ता यज्ञ वहादुर थापा