पर्वत, ३१, वैशाख । आईतबार आज मतदानको दिन पर्वत सदरमुकामका बजार तथा पसलहरु दिनभर सुनसान देखिए भने मतदान केन्द्रमा मतदाताको भिड लागेको छ ।
सँधै सवारीको भिड र खचाखचदेिखने सदरमुकामका पसल तथा घरहरु आईतबार दिनभर बन्द तथा सुनसान देखिएका हुन । यता शहरदेिख गाउँका मतदान केन्द्रहरुमा मतदान गर्न मतदाताहरुको भिड लागेको हो ।
प्रशासनले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन अविधभर सवारी साधन चलाउन बन्देज गरेपछि सडक सुनसान बनेका हुन । विहान सातबजेदेखि पर्वतमा दिनभरको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा भैरहेको छ ।