गोर्खाल्याण्ड रुँदा अहिले

1272
views

गजल

निर्मल पौडेल एन.पि.घायल

सत्तामा पुग्यौ हाँस्यौ रुन विर्सेऊ तिम्ले ।
बलिदानी सहिदको खुन विर्सेऊ तिम्ले ।।

स्वार्थ लुट्न लुटिएकी आमाका गित गायौ ।
गोर्खाल्याण्ड रुँदा ऐले धुन विर्सेऊ तिम्ले ।।

 

बाँडेका थ्यौ सपना समान अधिकारको ।
विर्सेऊ भ को थोरै कानुन विर्सेऊ तिम्ले ।।

 

याद हरायो झुपडिको महलमा पुग्दा ।
अनुयायीले लगाको गुन विर्सेऊ तिम्ले ।।

इशारामाा चल्छौ उन्कै दूत पो हौकी कुन्नि ?
नेपाली हुँ भनी घायल हुन विर्सेऊ तिम्ले ।।

फलेवास–७ लिमिठाना, पर्वत ।