५ वर्ष पहिले पोखराको फुटपाथ ब्यापार ब्यबस्थापन गर्ने क्रममा कास्की स्थित राजनैतिक दलहरु, पोखरा उद्योग वाणिज्य संघ,पोखरा उपत्यका नगर बिकास समिति र तत्कालीन पोखरा उपमहानगरपालिका लगायतको पहल र सहयोगमा २१७ जना साना सडक ब्यवसायीहरु मिलि सामुहिक रुपले पोखरा–९ पृथ्वीचोक स्थित नेपाल वायुसेवा निगमको जग्गामा ूपोखरा सस्तो बजारू स्थापना भएको थियो ।
उक्त जग्गा निगमबाट केपि श्रेष्ठले, केपिबाट भरत गुरुङले लिज -भाडा मालिएका थिए र भरत गुरुङबाट पोखरा सस्तो बजार समितिले मासिक भाडा रु। २ लाख ५० हजारमा सम्झौता भएको थियो ।कयौं दिनसम्म झार, जङ्गल, फोहोर, जस्ता अफ्ठ्याराहरु पन्छाउदै, भीषण कष्टहरु सामना गर्दै खाली र मरुभूमि ठाउँमा ब्याबसायीहरुको आफ्नै लगानीले करोडौंको संरचना निर्माण भएको भएको हो ।
ठेकेदार भरत गुरुङले ब्यवसायीहरु माथी प्रशासन र चुल्ठे मुन्द्रेहरु प्रयोग गर्दै चरम शोषणका साथ एकबर्ष नपुग्दै मासिक भाडा रु।८ लाख पुर्याएका थिए । बिरोध पश्चात् उक्त भाडालाई ७ लाखमा झारिएको थियो ।
निगमसँगको पुरानो सम्झौता सकिंदै गर्दा बजार समितिकै नाममा प्रत्यक्ष सम्झौता गरौं भनी ब्यबसायीहरुले पहल गरेका र नगरपालिकाले पनि निगमलाई चिट्ठी लेखेको थियो । करिबरकरिब सहमतिको नजिक पुगेको थियो। तर मोटो कमिसन र दलालको चक्रब्युहमा परि निगमले अस्वभाविक मुल्यमा टेन्डर खोल्यो।
आर्थिक चलखेल अनुसार विभिन्न षड्यन्त्र गर्दै आठौं नम्बरमा रहेको काठमाडौका ूकुख्यात डनू राजु गोर्खालीको ूसुर्य्दिल कम्पनीूलाई ब्यवसायीहरुले तिर्नै नसक्ने मुल्य रु।११ लाखमा टेण्डर पारियो । ठुलारठुला आर्थिक चलखेल अनुसार उक्त टेन्डरको अख्तियारी धेरै बिचौलियाहरु हुँदै युवराज खतिवडा भन्नेको हातमा आएको हो ।
टेन्डर पर्ने बित्तिकै बजारका ब्यबसायीहरु माथी आतंक, दादागिरी र गुन्डागर्दी मच्चाइएको र ब्यवसायीहरुलाई चरम शोषण वा बिस्थापन गर्ने ठेकेदारको अमानविय नियत देखेपछी ब्यवसायीहरु र ठेकेदार बिच अंतर्विरोध बढयो।
बिस्तारै आफ्नो निहित स्वार्थ पूरा गर्नका निम्ति ठेकेदारले कुनै पार्टी, प्रशासन र मन्त्रालय गुहारेको र बारम्बार मन्त्री, मन्त्रालय, पुलिस, प्रशासन अनि नेता र गुन्डाहरु किनेर भएपनी तिमिहरुलाइ ठिकपार्छु भन्दै ब्यवसायीहरुलाई आतंक दिंदै आएको ।
समस्याको वैज्ञानिक र सकारात्मक समाधान गर्नुको सट्टा अन्ततः हालको गृहप्रशासनलाई प्रयोग गरी वायुसेवा निगम र बिचौलिया मिलेर घोर अमानविय, पाशविक र निरंकुश ढंगले बजार माथी मध्य रातमा आइ बिना सुचना ूचोर र छापामारूशैलीमा ताला चाबी र साङ्लो लगाइएको छ।
बजारभित्र लाखौं मुल्यका फलफुल, तरकारी, गेडागुडी, कुखुरा र मासुहरु कुहिएर नष्ट भएको छ। ३७ करोड भन्दा बढीको लत्ताकपडाहरु पुर्णरुपमा असुरक्षित रहेको छ।
उचित निकासको खोजी गर्नुपर्नेमा आज १६ दिन सम्म तालाबन्दी हटाइएको छैन।छलफल, वार्ता, सहमतिको सम्पुर्ण ढोकाहरु बन्द गरि निषेध र बिस्थापित गर्ने कुनियतले चरम आडम्बरी, दमन र बलप्रयोगमात्र गर्ने कुचेष्टा गरिएको छ ।
राक्षसले पनि यसरी अकल्पनीय अपराध त सायद गर्दैन होला, तर मानव अधिकारलाई यसरी नाङ्गो बलात्कार कसरी सम्भव भयो रु एउटा दलालले यत्रो गृह प्रशासनलाइ चलाउन सक्ने, यत्रो जनप्रतिनिधिहरुलाई पनि नचाउन सक्ने र यत्रा जिम्मेवार निकायहरुलाई पनि चुपचाप गराउन सक्ने यो कुन राज्य हो रु यो कस्तो र कस्को सरकार हो ?
आज बजार र ब्यबसायीहरुमाथी अनर्गल भ्रम र अनेक कुप्रचारहरु फैलाइएको छ । केही प्रशासकहरु, केही पार्टीहरु र केही संघ संस्थाहरु वाइयात भ्रममा रुमल्लीएका छ्न । तर सत्य कुरा नागरिकहरु चिल्लीबिल्ली भएकाछन । उनको गाँस खोसिएको छ । उनिहरुमाथी घोर दानविय व्यवहार लादिएको छ ।
यदी यो मुलुकमा कतै सरकार छ भने, यदी यो कास्कीमा जिल्ला प्रशासन पनि छ भने, यदी जिल्लाभित्र जनउत्तरदायी कुनै पार्टीहरु पनि ज्युदै छन् भने र यदी यो पोखरामा कुनै जिम्मेवार निकायहरु पनि छ्न भने ूरोम जलिरहेको छ निरो बासुरी बजाइरहेको छू किन गरिरहेछौ ?
लेखकः– पुर्णजित पुनगण्डक ब्युरो सदस्य,नेपाल कम्युनिष्ट पार्टी