–याम परियार ‘शिव’
आधा आकाश भन्दा बढी ओगटेको हाम्रो मुलुकमा महिला वर्ग आज विभिन्न खाले सकारात्मक र नकारात्मक दुबै विभेदमा रुमल्लिनु पर्ने बाध्यताले साँघुरिएको विस्व सामु झुक्न विवस छ । हालसम्म कुनै समाजशास्त्री, मानवशास्त्रीय कुनै परिभाषा नभएतापनि हामी साधारण परिभाषाअनुसार भन्नुपर्दा महिला अर्थात स्त्री जाति भन्नाले हाम्रो समुदायको आधा भन्दा बढी जनसंख्या ओगटेको सृष्टिकर्ता, आमा, छोरी, सासु (बुहारी), दिदिबहिनी, लगायत यस्तै यस्तै विविध शब्दवलीबाट चिन्न सक्छौ ।
हुनत हाम्रो देश नेपाल् अनि हामी नेपाली यसमा गर्व गर्नुपर्ने ठाउँ हो । सबैखाले हिम्सा, बिभेद, असमानताका कुरा गर्दा हाम्रो देशमा कानुन छ,सम्बिधान छ,विभिन्न कालखण्डमा बनेका ऐन नियम अनि यस्तै यस्तै बिभिध अधिकारहरु ….। जतिसुकै कुरा गर्दापनि आज दिनानुदिन बढ्दो महिला हिम्साप्रति कोही जवाफदेही बन्न सकिरहेको छैन् । महिला हिम्सा प्रत्येक दिन मौलाएको अवस्था छ किन ? आज नेपाल सरकार कसैको इज्यत लुटिदा बोल्न सक्दैन ? भबिश्यका कर्णधार मानिने बालिकाहरु बलात्कार हुँदा किन आज खुलेर बाहिर ल्याउन सक्दैनन् ? आज यस्तै प्रश्नको खाडल अनि यो ठुलो दरार…..कहिलेसम्म ? आज परिवर्तन अनि बिकासले चरम गतिमा अगाडि बढिरहदा संसार साँघुरिएको छ । ता की बिश्वमा भएका गतिविधि हामिकहाँ र हामिकहाँ भएका गतिविधि बिश्वसामु आज पुगिसकेको छ । सञ्चारको बिकास अकल्पनीय रुपमा भएको पाइन्छ त कतै यहि बिकास र प्रयोगको नकारात्मक परिवर्तन अनि असर पनि केलाउन आवश्यक छ । तर जे भएतापनि अवसर पाए समाजका हरेक खाले काम कार्य गर्नसक्ने क्षमता र हिम्मत महिला बर्गमा पाइन्छ ।
हाम्रो देशको सन्दर्भमा कुरा गर्दा हरेक परिवर्तन अनि आन्दोलनमा महिला बर्गको अतुलनीय साहसका साथ योगदान रहेको पाइन्छ । यहि परिवर्तन अनि ब्यबस्थित ऐन अनुसार आज देशमा राष्ट्रपति, सभामुख अनि प्रमुख न्यायाधीश महिला पुगे कुरा यो हैन कि त्यस् स्थान महत्वपूर्ण हैन । खाली उनिहरुले गर्ने कार्य नीति अनि ब्यबस्थामा भर पर्छ । सफल जतिबेला मात्र मानिन्छ जब देशमा मौलाउँदो महिला हिंसा, महिला बिभेद, सामाजिक असमानताको जरा उखेलेर फाल्न सकिन्छ । आज हाम्रो समाजमा समान कार्य गर्दा पनि कम ज्यालामा कार्य गरिएको अवस्था छ । देशमा समानुपातिक समाबेशीताको कुरा छ तर हामी कति लागु गरायौं भन्ने बिषयमा हो । आज विभिन्न दल, पार्टीहरु राजनैतिक पगरी गुथेर फेरि राजनीति गरेको अवस्था छ प्रश्न आज यि र यस्ता दल अनि पार्टीलाई जुन लोकतान्त्रिक गणतन्त्रामक बिधि र मान्यतामा अगाडि बढेका दल तथा पार्टीलाई आज करिब आठ सयको हाराहारीमा स्थानीय संरचना बनिरहँदा स्थानीय तहदेखि माथिल्लो निकायसम्म हरेक संरचनाका प्रमुख पदहरुमा न्यून रुपमा सहभागिता देखिन्छ । यति मात्र हैन समाजमा हरेकखाले निर्णायक कार्यमा सहभागिता गतिलो बन्न सकिरहेको छैन । यस्ता विविध प्रक्रिया देख्दा, हरेक तवरबाट परिणाम हेर्दापनि भन्न सकिन्छ आजको समाज जाँदै छ कहाँ ? यस लोकतान्त्रिक गणततन्त्रात्मक ब्यबस्थाको मुल्य मान्यता खै ? महिला अधिकार कहाँ छ ? महिला हिंसाको विरुद्ध बोल्न नचाहने समाज ब्यक्ति अनि राष्ट्र खै ? महिलाको नममा लागिपरेका अधिकार कर्मी खै ….? गतिलो जवाफ चाहिएको छ । आम समुदाय आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, हरेकखाले समानता अनि सुशासनको पर्खाइमा तड्पिरहेको छ ।
आज नेपाल सरकार, स्थानीय सरकार मानवअधिकार सम्बन्धि कार्य गर्ने संघ संगठन, संघ सस्था सरोकारवाला खुलेर बिरोध गर्न नसक्नु चिन्ताको विषय हो ।
यो मानव समुदाय एकातिर विकसित बन्न खोजिरहेको जस्तो देखिन्छ त अर्कोतिर निकृष्ट सामाजिक यस खालको अमानवीय ब्यावहार…खै आज विभिन्न दलिय राजनीति गर्ने भरौटेहरु ? प्रश्न मात्र हैन आज हामी सचेत नागरिकको हैसियतले पनि हाम्रो जिम्मेवारी छ हामीबाट शुरुआत गरौं यस अभियानमा सब्बै नागरिक अनि आम समुदायको सहभागिता आवश्यक छ । बुझ्नेहरुका लागि गाह्रो छैन नबुझ्नेका लागी बुझाउने प्रयास गरौ । जे भएतापनी जुनसुकै बिभेद पनि आज मानवअधिकारको दृश्यले हेरिनुपर्छ । बिश्व आज हरेक विकासले गर्दा साँघुरिएको छ विश्व हामीसामु र हामी बिश्वसामु छौं । बैज्ञानिक खोज अनुसन्धानले आश्चर्यमा आजको समुदाय यहाँ महिला पुरुष अनि मान्छे मान्छे बिचको यतिका दरार…किन ? साच्चै मान्छे मान्छे नै बनेर किन हेरिदैन होला ? हुनत आज मुकदर्शक बन्ने यो मानवअधिकार अनि अधिकारकर्मी अनि सचेत नागरिक भनिने हामी । अनि यहि सरकारको नुनपानी खाएर यहि देशको ऐन नियम लागु गराउनुपर्छ बिधिको शासन मान्नुपर्छ भन्दै वकालत गर्ने हामी आज !
जुनसुकै बिभेदका विरुद्ध खुलेर लागौ ।
कानूनी राज्य र सुशासन कायम गरौं ।
समग्रमा हाम्रो समाजमा देशको पछिल्लो तथ्यांकअनुसार पनि दिनानुदिन महिला हिंसा बढ्दो क्रममा छ । मुलुकमा मैलाएको अस्थिरता, हिंसा, सामाजिक बेमेलहरुलाई पहिचान गरि यस्ता नकारात्मक कार्यहरूलाई निरुत्साहित गर्नु आजको आवश्यकता हो । समाजको हित, राष्ट्रको बिकास, मुलुकको निकासका लागि आज हरेक तवरबाट हरेक क्षेत्रमा प्रथम सहभागिता, समानुपातिक प्रतिनिधित्व र आर्थिक सशक्तिकरण बलियो बन्न आवस्यक छ । अवसरको पहिचान गरि आर्थिक समृद्धिको पाटोलाई मजबुत । सरोकारित सम्पुर्ण ब्यक्ति, समुदाय र राष्ट्र नितान्त अन्तरसम्बन्धित रहि हातेमालो अभियान जरुरी छ ।