जलबायु र विपद्, बाँचौ र बचाँऔ

19
views


राजबाबु पिसी (कुश्मा),
राष्ट्र शोकमग्न छ, जलवायुका कारण विपद्मा परेको छ मेरो देश, समय बलवान छ, समय तथा जलवायुसंग लुकामारी खेल्दै बाच्नु हामी सबैको बाध्यता हो, जलबायु तथा बाढि पहिरो डुवान हुनसक्ने सम्भावित ठाउहरुमा उच्च सतर्कता अपनाएर बस्नुपर्ने हुन्छ । तरपनि केहि नहोला भनि हामी अटेरी भईरहेका हुन्छौ, भिषण पानीमा सवारी साधन चलाउनपर्ने, गन्तव्यमा नपुगी नहुने समस्यालाई हल गर्न पनि सकिराखेका छौनौ । त्यसैले हामी भिषण दुर्घटना सामना गरिरहेका छौ । मौसम सम्वन्धि जानाकारी एकहप्ता अगाडी नै आउने गरेपनि यसलाई त्यति महत्व दिने बानी हामी नेपालीमा परेको देखिदैन । जानी नजानी विपद् आफै निम्त्याईरहेका छौ, विपद्परेपछि मात्रै हामीलाई थाहा हुन्छ यसोगर्न पाएका भए हुन्थ्यो, उसो गर्न पाएका भए हुन्थ्यो । रोग लाग्नु भन्दा पहिले नै उपचार गर्नसके अर्थात् जलवायु सम्वन्धि विपद्का सुचनाहरुलाई पालनागर्न सकेको भए मानवीय क्षती कमी आउने थियो । २०८१।६। ११ र १२ गते देशका काठमाडौ उपत्यका लगायतका विभिन्न ठाउमा विपद्मा भएका दुखद मानवीय क्षतिप्रति दुख व्यक्तगर्दै मृतक जनप्रति श्रद्र्धाञ्जली र मृतकका आफन्त प्रति समवेदना व्यक्त गर्दछु । घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, उद्दार कार्यमा खटिने राष्ट्रसेवक, स्थानियबासी सबैमा सम्मान व्यक्त गर्दछु, बिपत्तीमा वेपत्ताहरुको खोजी गरौ, पिडितलाई राज्यले राहतको व्यवस्था गरोस्, हामीले पनि राहत दिऊ आफुपनि बाचौ र अरुलाई पनि बचाऔ ।
धन्यवाद