चिनिया विज्ञ भन्छन् दोक्लम विवाद समाधानमा नेपालले मध्यमार्गी भूमिका खेल्नसक्छ

1202
views

बेईजिङ, १७, साउन । चीनका प्रभवशाली दक्षिण एसिया विज्ञ हु सु शङले भारत र चीनबीच बढ्दै गएको दोक्लम विवाद रुपान्तरणमा नेपालले भूमिका खेल्न सक्ने बताएका छन् ।बेइजिङस्थित नेपाली दूताबासले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै चाइना इन्स्टिच्युट् अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्सका दक्षिण तथा दक्षिण पूर्व एसिया निर्देशक हु श् शङले ‘हिमालपार क्षेत्रको शान्ति तथा समृद्धिका लागि नेपालले चीन र भारतको पुलको भूमिका निर्वाह गरेर हाल जारी दोक्लम विवादको रूपान्तरणमा भूमिका निर्वाह गर्नसक्ने’ बताए । बेइजिङका प्रभावशाली दक्षिण एसिया विज्ञ प्राध्यापक हुले भने, ‘नेपाल चीन र भारत दुवैको राम्रो मित्र हो, त्यसैले नेपालले यस्तो जटिल कार्यभार सम्हाल्न सक्ने अवस्था छ।’
चीन र भुटानको सिमाक्षेत्र दोक्लममा चीनले सडक निर्माण गरिरहेको अवस्थामा भारतीय सेनाले अवरोध गरेपछि दुई देशबीच विवाद निकै बढेको छ । चिनियाँ विज्ञले पहिलो पटक दोक्लम विवादमा नेपालले मध्यमार्गी भूमिका खेल्न सक्ने आशय प्रकट गरेका हुन्।
नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६२औं वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङस्थित नेपाली राजदूतावासले मंगलबार दूतावासमा आयोजना गरेको अन्तर्क्िरयामा प्राध्यापक हुले हिमालय(पार क्षेत्रको शान्ति तथा समृद्धिका लागि नेपाल(चीन सम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
आफ्नो कार्यपत्रमा प्राध्यापक हुले नेपाल(चीन दौत्य सम्बन्ध स्थापना भएयता कुनै पनि तलमाथि नभएको कुरा दुवै मुलुकले अनुभव गरेको बताए। हुले दौत्य सम्बन्ध स्थापना भएको केही वर्षमै व्यापार तथा आवतजावत् सन्धि १९५६ र शान्ति तथा मित्रताका लागि साइनो(नेपाल सन्धि १९६० जस्ता सन्धिहरू दक्षिण एशियाबाट बेलायती औपनिवेशिक विरासत नहट्दै र तिब्बत मामिला चर्किँदै गर्दा बेलैमा सम्पन्न गरिएको बताए ।
दुवै मुलुकले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति लिनुका साथै चीनले नेपालमा चलेको माओवादी द्वन्द्व र राजतन्त्र विरोधी लगायत कुनै पनि आन्दोलनमा वार्ताद्वारा निकास निकाल्न अपील गर्नेबाहेक कुनै हात नहालेको र नेपालले पनि आफ्नो भूमिबाट चीनविरोधी गतिविधि हुन नदिएको हुले कार्यपत्रमा उल्लेख गरेका छन् । साथै एकअर्काले आपसी चासोप्रति महत्व दिनु नै उदाहरणीय सम्बन्धको आधार बनेको उनले सुनाए । परिस्थिति नियन्त्रणमा उच्च समझदारी, शान्तिपूर्ण सहअस्तित्वका लागि पञ्चशीलका सिद्धान्तको पालना तथा एकअर्काका चासोप्रतिको संवेदनशीलताले नेपाल–चीन सम्बन्ध प्रगाढ भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् । हु को कार्यपत्रमाथि टिप्पणी गर्दै उनीहरूले चीन र भारत जस्ता विशाल अर्थतन्त्र र बजार भएका मुलुकको बीचमा रहेकाले नेपाल सँधै फाइदाको विन्दुमा रहने औंल्याए ।
कार्यपत्रप्रति रनमिन युनिभर्सिटीका प्रोफेसर छन स्याउछन्, पूर्वराजदूत ली त प्याओ, पैचिङ युनिभर्सिटी र छिङ्ह्वा युनिभर्सिटीका प्रोफेसरहरू लगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपालका लागि पूर्व चिनियाँ राजदूतहरू, विज्ञहरू, विभिन्न विश्वविद्यालका प्रोफेसरहरू, नेपालका लागि हङकङ, तिब्बत र क्वाङचौ लगायत महावाणिज्य दूतावासका प्रतिनिधिहरूका साथै विभिन्न संचारमाध्यमहरूको सहभागिता थियो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले हिमालले नेपाल(चीनलाई अलग गरेपनि शताब्दीदेखि नै जनस्तरको सम्बन्धमा कुनै छेकवार नलगाएकाले यस कार्यक्रमको विषय पनि हिमालय(पार क्षेत्रको शान्ति र समृद्धिका लागि नेपाल(चीन सम्बन्ध भनेर राखिएको जानकारी दिए। हार्दिक र मैत्री सम्बन्धले नेपाल(चीन छिमेकपन अरू देशहरूका लागि उदाहरण बनेको बताउँदै राजदूत पौड्यालले बेल्ट एण्ड रोड इनिसियटिभ्समा हस्ताक्षर, एशियाली पूर्वाधार लगानी बैंकको सदस्यता र शाङहाई कोअपरेसन संगठनको डायलग पार्टनर बनेपछि आपसी मित्रता अझै फराकिलो भएको बताए ।