तराईमा डुबान, पहाडमा पहिरो, राष्ट्रिय संकटकाल घोषणा गर !

2171
views

–यज्ञ गौतम
अविरल वर्षाका कारण तराई–मधेसमा बाढी र पहाडमा पहिरोका कारण ५१ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । हजारौं विस्थापित छन् । कैयौं बेपत्ता । तर दैवी प्रकाेपका लागि नेपाल सरकारले राष्ट्रिय संकटकाल घोषणा गर्न सकेको छैन् किन ? सकारकार उद्धार र राहत कार्यलाई किन युद्धस्तरमा अघि बढाउन सकिरहेको छैन सरकारका अगाडी यो जटिल प्रश्न हो । प्रधानमन्त्री गृहमन्त्री, रक्षामन्त्रीका साथै सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर तदारुकताका साथ उद्धारकार्य अघि बढाउन निर्देशन दिएपनि प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्य प्रभावकारी बनेको छैन ।
तराईमधेसका अधिकांश भूभाग डुबानमा परेका छन् । डुबानमा परेका र विचल्ली विस्थापित भएकाहरु हेर्न सुरक्षा निकायका प्रमुखहरूसहित गृह तथा रक्षामन्त्री आफैं स्थलगत निरीक्षण गर्ने कहिले हो ? लज्जास्पद सरकार ! आन्दोलनमा विदेशी डलर खाएर उफ्रने मानवअधिकारकर्मी, नागरिककर्मी कहाँ छौं । जनताको नारा फलाकोर चुनाव जित्ने सरकार राष्ट्रिय विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि तिमीहरुले के हेरिरहेका छौ ? यतिबेला डुबान र विस्थापीत परिवारलाई काठमाडौंमा बसेर दिने निर्देशन चाहिएको छैन् । प्रभावित क्षेत्रमा जाऊ ।
तराईमा डुबान र पहाडमा पहिरोले हजारौं विस्थापित हुने अवस्था छ । बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचेजस्तो बिपद् ब्यवस्थापन गर्न सकेको छैन् । देश प्राकृतिक प्रकोपको चपेटामा परेको यस अवस्थामा जनताकाे निमित्त बनेकाे सरकारले विपद व्यवस्थापनका लागि तत्काल राष्ट्रिय संकटकाल घोषणा गरी विपद व्यवस्थापन गर । गौतम नेपाल कम्युनिष्ट पार्टी पर्वतका जिल्ला सदस्य हुन् ।