तराई डुबानको प्याकेज खोई सरकार ?

2372
views

–यज्ञ बहादुर थापा
यो समय समग्र नेपालीको चिन्ताको विषय बनेको छ । मानविय क्षति ठूलै हुन गयोभने कैंयौं बेघरबार हुन पुगे । तराईको ८० प्रतिशत उब्जनीयोग्य जमिन मरुभूमि जस्तै हुन पुग्यो । यस्ले पक्कैपनि नेपालको कुल ग्राहस्थ उत्पादनमा ह्रास ल्याउने नै छ २०७१ को भुकम्प त्रासदीपूर्ण थियो । विगतमा नेपाली जनता र विदेशी संघसंस्थाले समेत थुप्रै धनराशीको घोषणा ग¥यो । सोही अनुसार सरकारलाई सहयोग पनि भयो । तर आज पर्यन्त भूकम्प पीडित जनतालाई दुःख कष्टपूर्वक जीवनयापन गर्न वाद्य छन् । नेपाल सरकारको निरिह मानसिकताालाई योजना तथा प्याकेजकोे अभाव र सिइओ समस्या प्रमुख बनाएर विदेशी सहयोग र विदेशी सहयोगलाई पार्टीका कार्यकर्ता पाल्ने र पोषण गर्ने आदि कार्य भए ।
अहिले तराईबासी बाढीको चर्को समस्या झेलिरहेका छन् । सरकार अन्यौलमा परेको स्वाङ पारिरहेको छ । उद्धार कार्य सम्भव छैन भनेर जनताबाट टाढा रहने प्रंयास गरेको छ । यद्यपी शुभचिन्तकहरु उद्धार कार्यका लागि दौडधुप गरिरहेका छन् । नेपाल सरकारलाई विदेशबाट प्राप्त सहयोगले ठोस कार्य सम्पन्न गर्न सकेन । तर, त्यही विदेशी सहयोग र नेपालीको भिख रुपैयाँबाट धुर्मुस सुन्तलीले कार्ययोजना समेत आधुनिक बस्ती बनाए । यतिबेला बाढी पीडितको उद्धारमा लागिपरे । यदि तराईको पूर्नस्थापना सरकारले गर्न सकेन भने तत्काल सहयोगी संस्थालाई जिम्मा दिईयोस् । हैन भने राहत र प्याकेज तत्काल बनाई पीडित र विस्थापीत परिवारसम्म पु¥याओस् ।
तराई मधेसमा साम्प्रदायिक दङगा हुँदा मृत्यु हुनेलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सरकारले यसपालि कैयौंको ज्यान गएको छ भने हजारौ बाढी पीडित र वेघरबार भएका छन् । तत्काल एकबर्षे वा छ महिने प्याकेज र तत्काल राहत पूर्नस्थापनाको कदम चाल्न अनिवार्य छ । तराईलाई पूर्र्नस्थापना गर्न सम्पूर्ण नेपाली जनता, हिमाल, पहाड र विदेशमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरु तयार हुन आवश्यक छ । पारदर्शीपूर्ण ढंगले योजना बनाई लागू गरियोस् ।