शिल तोडेपछि….

2339
views

-गजल-

निर्मल पौडेल (एन.पि.घायल)

उध्रेको छ यो दिल खै कसोरी भनुँ ?
होलान् आँखा टिल्पिल खै कसोरी भनुँ ?
लिफा त्यो दुईपत्रे सुम्पेकी थिईन् ।
तोडेको थिएँ शिल खै कसोरी भनुँ ?
मुटुको रोगी भाथेँ उन्लै छाडे देखी ।
परेको रैछ खिल खै कसोरी भनुँ ?
सानुले देका चोट नाप्ने यन्त्र भए ।
सौ मुरी होला तिल खै कसोरी भनुँ ?
भुलिन्छ याद भन्दै भट्टिमा छिर्रयाथेँ ।
हजाराँै भाछ विल खै कसोरी भनुँ ?
पिउँदा सेरहरु वाह भन्छ मान्छे
भन्दैन आर चिल खै कसोरी भनुँ ?
मलाई गजलकार नठान्ने सँग ।
जमौँछु मेहफिल खै कसोरी भनुँ ?
नसोध एन.पि. घायल क्यारी भयो ।
परौला फेरी जिल खै कसोरी भनुँ ?
फलेवास नगरपालिका–७ पर्वत ।