गैरआवासीय नेपाली संघ एनआरएनए बेल्जियमको अध्यक्षमा–दाहाल

2367
views

नवदृष्टि संवाददाता
भदौ, २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी भएका छन् । दाहालले ११८३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी सुवास जोशीलाई २ सय ४२ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
संघको छैटौ अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजयी भएका छन भने प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका छन् भने अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजयी भएका हुन् । त्यस्तै महिला उपाध्यक्षमा अनुजा प्रधान (निर्विरोध), महासचिवमा कोषध्यक्ष समेत रहेकी आङमाया लामा शेर्पा, कोषध्यक्षमा रोशन गुरुङ (निर्वाचित), सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा (निर्वाचित) महिला सचिवमा मुना ताम्राकार (निर्वाचित) महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीज कुमार श्रेष्ठले सबै भन्दा बढी मत ल्याई बिजयी भएका छन । साथै सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर कार्की, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ ।
त्यसैगरी एनआरएनए आइसीसी सदस्यमा सरु चापागाईँ र पदम गुरुङ निर्वाचित भएका छन् ।
निर्वा्चित घोषणसभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनआरएनए महिला सहसंयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आर्चाय, सहसंयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पूर्वअध्यक्षहरु, बेल्जियममा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पूर्वअध्यक्ष समेत हुन, उनलाई अर्का राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठूला संगठनका साझा उम्मेदवार हुन । श्रेष्ठले लोकतान्त्रिक समाबेशी समुहको नेतृत्व गरेका थिए ।
समावेशी स्वतन्त्र समुहबाट अध्यक्षको उम्मेदवारी दिएका दाहाल जनप्रगतिशील मंन्चका नेता रहेको र उनलाई माओवादी संघीय समाज र राप्रपाका तर्फबाट साझा उम्मेदवार बनाइएको बताइएको छ भने लोकतान्त्रिक समाबेशी समुहबाट उम्मेदवारी दिएका सुवास श्रेष्ठ जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष समेत हुन् । जोशी नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मंचका तर्फबाट साझा उम्मेदवार बनेको बताइएको छ ।
अध्यक्ष दाहालले बेल्जियमबासी दाजुभाइ दिदीबहिनीहरुको अपार मायाका कारण आफू विजयी भएको भन्दै सबैप्रति धन्यवाद ज्ञापन गर्दै एनआरएन बेल्जियमको २०१७—२०१९ को कार्यकाललाई विशेष तवरले योजना वनाउँदै बैज्ञानिक ढंगले काम गर्दै अघि बढ्ने बताए ।
दाहालले निर्वाचनका क्रममा हुने जित हार स्वाभाविक प्रक्रिया रहेको बताउँदै आगामी दिनहरुमा संगै हातेमाले गरी अगाडि वढ्ने समेत बताए ।