शैक्षिक गुणस्तर सुधारका लागि वैदेशिक सहायता वृद्धी

721
views

काठमाडौं २७ कात्तिक । सरकारले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम ल्याएपछि चालु आर्थिक वर्षमा वैदेशिक सहायता बढेको छ । ५ वर्ष यता विदेशि विकास साझेदारहरुले गदै आएको सहयोग घटेको भए पनि यो वर्ष देखि बढेको हो ।
अघिल्लो आवमा १० अर्ब ३३ करोड ५३ लाख रुपैयाँ रहेको वैदेशिक सहयोग चालु वर्ष बढेर १५ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पुगेको शिक्षा मन्त्रालय वैदेशिक समन्वय शाखाका उपसचिव ध्रुवराज रेग्मीले बताए । यो अघिल्लो वर्षको तुलनामा ३.२८ प्रतिशत बढि हो । अघिल्लो वर्ष ८.८८ प्रतिशत रहेको वैदेशिक सहायता यो वर्ष १२.१६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा चालु आवमा भौतिक निर्माण बाहेक शिक्षाको गुणस्तर सुधारका लागि सरकारले लिदै आएको वैदेशिक अनुदान र ऋण सहयोग बढेको हो । आजको कारोबार दैनिकबाट