निर्वाचन खर्चमा अत्यधिक वृद्धि

654
views

काठमाडौं २७ कात्तिक । विगतको निर्वाचन भन्दा यसपटकको निर्वाचनमा सरकारी खर्च अत्यधिक बढ्ने भएको छ । चौतर्फि बढेदै गएको महंगी र प्रतिनिधिसभा तथा प्रदेशसभा गरी दुई निकायको निर्वाचन एकैपटक हुन लागेकाले सरकारी खर्च अत्यधिक बढ्ने भएको छ ।
ीार्वाचन आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारसँग १० अर्ब रुपैयाँ माग गरेको छ । यसअघि निर्वाचनमा भएको खर्च र यसपटक बढ्ने रकमसमेतलाई आधार बनाउँदै आयोगले अर्थ मन्त्रालयसँग सो रकम मात्र गरको हो ।
यसैगरी गृहमन्त्रालयमार्फत पनि निर्वाचन आयोगकै हाराहारीमा खर्च हुने भएको छ । गृह मन्त्रालयमार्फत हालै भर्ना भएका करिब ९८ हजार म्यादी प्रहरी र तिनका लागि लाग्ने खर्च तथा अन्य सुरक्षा निकाय अन्तर्गत विभिन्न प्रयोजनमा हुने खर्च पनि झन्दै १० अर्बको हाराहारीमा पुग्ने देखिएको छ । यी दुवै खर्च जोडदा आगामी निर्वाचनमा २० अर्बको हाराहारीमा सरकारी बजेट खर्च हुने देखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । आजको राजधानी दैनिकबाट