डीपीआरमै अल्झियो काठमाडौं– निजगढ द्रुतमार्ग निर्माण

663
views

काठमाडौं, २७ कार्तिक । राष्ट्रिय गौरवको योजना (काठमाडौं–निजगढ) द्रुतमार्ग विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मै अल्झिएको छ । व्यावस्थापन लगायतका सामान्य काम सुरु भए पनि नेपाली सेनाले डीपीआर नै तयार गर्न नसक्दा ढिलाई भैरेहेको हो । सेनाले द्रुतमार्ग निर्माणको जिम्मा पाएको छ महिना पुग्न लाग्दा पनि डीपीआर तयार गरीसेकेको छैन । सेनाले एक महिना अघि १५ दिन डीपीआर तयार हुने जनाएपनि अहिलेसम्म यो तयार हुन सकेको छैन ।
सेनाका प्रवक्ता एवं सहायक रथी नैनराज दाहालले डीपीआर अध्ययनकै क्रममा रहेको बताउनुभयो । सेनाले द्रुतमार्ग आधिकार सम्पन्न समन्वय समिति गठन गरेर डीपिआरको अन्तिम टुंगो लगाउने भन्दै काम गरेको महिनौ भइसक्यो । विशेषज्ञ सहितको उपसुमितिले डीपीआरको अध्ययन गरिरहेको र सो समितिले डीपीआरको अध्ययन गरिरहेको सो समितिले अन्तिम टुंगो लगाउने प्रवक्ता दाहालको भनाई छ । आजको गोरखापत्र दैनिकबाट