२३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलामा उच्च रक्तचाप

779
views

काठमाडौं, २८ कर्तिक । मुलुकको कुल जनसंख्यामध्ये २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या पाइएको छ । ३१ प्रतिशत पुरुष र २४ प्रतिशत महिलामा सम्भावित उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) को समस्या समेत पाइएको छ । स्वास्थ्य मन्त्रालयले राजधानीमा सोमबार सार्व्निक गरेको २०१६ नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा उक्त तथ्य उल्लेख छ ।


म्ुलुकको जनसंख्या तथा स्वास्थ्य स्थिति अनुगमनका लागि हरेक चार वर्षमा गरिने यो सर्वेक्षण सन् १९९६ यता पाँचौ हो । सर्वेक्षणमा मुलुकको प्रतिनिधित्व हुने गरी छनौट गरिएका ११ हजार ४० घरपरिवारबाट १५ देखि ४९ वर्षका १२ हजार ८ सय ६२ महिला र ४ हजार ६३ पुरुषको अन्र्तवार्ता ै गरिएको थियो । स्ट्रोक र मुटुरोगको बढेदो जोखिम औल्याउने यो सर्वेक्षण अन्र्तगत १५ वर्ष र त्यसभन्दा माथिका पुरुष महिलाको रक्तचाप नापिएको थियो । मुटुको हरेक धड्कनसँगै रगत नलिको पर्खालमा पर्ने बल धक्का रक्तचाप हो सामान्यतय १२०÷८० लाई सामान्य रक्तचाप मानिन्छ । आजका कान्तिपुर दैनिकबाट