नेपाल एटीएम ह्याकरको निसानामा

1110
views

काठमाडौं, २८ कर्तिक । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गरियन नागरिक भिटालिया भ्यासिलिभिच नेटिकलाई ठमेलबाट पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य दाता अनुधिकृत रुपमा चोर्न प्रयोग कार्ड स्किमर मेसिनसहित पक्राउ परेका छन । दुइ महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घट्ना हो ।


कात्तिक १४ गत्ते नेपाल आएका भिटालियाले कति एटीएम प्रयोगकर्ताको डाटा अनधिकृत रुपमा हात पारेका छन भनेर प्रहरीले अनुसन्धान गरीरहेको छ । अनुसन्धानमा संलग्न एक प्रंहरी आधिकारीका अनुसार उनले एकै दिनमा सर्यौ एटीएम प्रयोगकर्ताको कोड नम्बर हात पारेका हुन सक्छन । ठमेलको डिस्कभरी होटलको उनी बसेको कोठा छापा मारेर प्रहरीले ग्लोबल आएएमई बैंक, सानिमा बैंक, तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेका ३ थान स्लिप, विद्युतिय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न ५ थान औजारसमेत बरामद गरेको छ । प्रहरीले उनको साथबाट विदेशी रकम भने बरामद गरेको छैन । आजको कान्तिपुर दैनिकबाट