औद्योगिक कोरिडोरका उद्योगीलाई दैनिक १५ करोड नोक्सानी

727
views

मोरङ, २८ कार्तिक । मोरङ प्रहरीले तोकिएको समयममा अनुमति प्राप्त हतियार बुझाउन अटेर गर्नेको घर–घरमा छापा मार्ने तयारी गरेको छ । निर्वाचनको समयमा बैद्य हतियारले चुनौती निम्तन सक्ने ठहर गर्दै प्रहरीले तोकिएको समयसीमामा सकिएपछि घरघरमै गएर छापा माने योजना बनाएको छ ।
बैद्य हतियार बुझाउन हतियार धनीले आनाकानी गरेपछि जिल्ला सुरक्षा समिति मोरङको बैठकले घरघरमै गएर हतियार संकलन गर्ने निर्णय गरेको हो । तोकिएको मितिमा आफैले हतियार संकलन गर्ने निर्णय गरेको हो । तोकिएको मितिमा आफैले हतियार बुझाए निर्वाचन पछि फिर्ता लिएर जान पाइने प्रहरीको भनाईछ । तर घरमा पुगेर छापा मारेर ल्याएको हतियार जफत गर्ने प्रहरीको भनाई छ । साथै छापा मार्दा नविकरण फेला परे हतियार तथा खरखजना ऐन अन्तर्गत कारबाही गर्ने प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुण बिसीले पहिलो चरणमा ३० कात्तिकसम्म वैद्य हतियार बुझाउन आव्हान गरेको बताए । तर, हालसम्म ४८ थान मात्रै हतियार संकलन भएको हो । बिसीका अनुसार मोरङमा अनुमति लिएका ७ सय २३ थान हतियार छन् । आजको नयाँपत्रिका दैनिकबाट