दोधारमा १० लाख मतदाता

626
views

काठमाडौं, १ मंसिर । मुलुकभर निर्वाचन सरगर्मी बढ्दै गर्दा उपत्यकामा बस्ने बाहिरी जिल्लाका करिब १० लाख भन्दा बढी मतदाता मतदानका लागि जिल्ला जाने कि नजाने दोधारमा छन ।


म्तदानमा सहभागी हुने निर्णय गर्न नसके पछि उनीहरुसँग आफ्ना प्रतिनिधिसँग जिज्ञासाका चाङ भने प्रशस्त छ । चुनाव आउँदा मात्र गाउँ पस्ने नेता त्यसपछि कहाँ जान्छन् ? विकास समृद्धिका नारासहित गाउँ पसेका उम्मेदवारलाई राजधानी रहेका मतदाताहरुको पहिलो र साझा प्रश्न हो यो ।
उम्मेृदवारलाई मतदाताले सोध्ने अर्को प्रश्न हो, ‘ भाषणमात्र कि युवालाई अवसार पनि ? ’ कपिलवस्तु १ का नवराज पाण्डेलाई यसपटकको निर्वाचन मतदानका लागि गाँउ जाने त्यति उत्साह छैन ।
संविधानसभाका दुइवटा निर्वाचनमा मतदान गरेका उनलाई निर्वाचनपछि उत्साह मर्नुको एउटै कारण हो, राजनीतिक दल तथा अघिका उम्मेदवारले गरेको प्रतिवद्धता पुरा नहुनु । निर्वाचनका बेलामात्र उम्मेदवारहरु गाउँमा झुल्किन्छन त्यसपछि कता हराउँछन केही थाहाँ हुन्न पाण्डेले भने, ‘ हिजो गाँउमा विकासका नारा घन्काए, रिङरोड बनाउनु भन्दै भाषण गरे तर १० वर्षसम्म केही भएन । ’ आजको राजधानी दैनिकबाट