न्वागी मेला, सस्तो स्याउ व्यापार

1160
views

गुल्मी २ मंसिर । गुल्मी र बागलुङको सीमाना ग्वालिचौर खारबजारमा पाँचदिने न्वागी पर्वसँगै भएको मेलामा ढोरपाटनको स्याउको बिक्रि गरिएको छ । तर, स्याउनले उचित मूल्य नपाएपछि व्यापार घटेको छ ।

निसीखोला गाँउपालिका– ५ निसी ढोरपाटनका स्याउ लिएर व्यापारी जुम बहादुर बुढाथोकी मेलामा आए । गत बर्षको न्वागी मेलामा झण्डै साढे ४ कुन्टल ढोरपाटनको स्याउ बेचेका उनले अहिले आयोजित मेलामा स्याउको राम्रो व्यापार गर्न सकेनन् ।

पाँचदिने मेला अवधीभर स्याउको मूल्य घटाएर ३ कक्विन्टल स्याउ बेच्दै भने ‘प्रतिकेजी १ सय २० रुपैयाँमा दिंदा पनि स्याउ बेच्न निकै धौ भयो ।’

बुढाथोकीले मेलामा स्याउ बिक्रि गर्नुभन्दा उचित बजारीकरण, कृषि प्राविधिक र स्याउ खेती गर्ने किसानहरुको लागि स्याउ खेतीका बारेमा बेला बेलामा तालिम नहुँदाको समस्यालाई समाधानको उपायमा बदल्नुपर्दछ ।