खोल्सीको सुनः अलैंचिको रेसाबाट वस्तु उत्पादन

1353
views

ताप्लेजुङ,, ४ मंसिर । हिमाली तथा पहाडी जिल्लाको ‘खोल्सीको सुन’ अलैंचिबाट फाइदै फाइदा हुने भएको छ । अलैचिको फलबाट गतिलो आम्दानी गर्न सकिन्छ भनेर त सबैलाई जानकारी छदैछ तर अलैंचिको बोटको रेसाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्नेमा कसैलाई मात्र जानकारी हुन सक्छ ।


यतिबेला ताप्लेजुङमा स्थानीयले अलैतिको रेसाबाट विभिन्न सामग्राी उत्पादन गर्ने उद्योगहरु नै सञ्चालनमा आएका छन । केही समय अघि सदरमुकाम फुङलिङमा स्थापित चन्दन फाइबर उद्योगले हाल व्यवसायिक रुपमा अलैंचिको रेसाबाट स्टकोट, बास्केटलगायतका सामग्री उत्पादन गरी राम्रो आम्दानी लिदै आएको उद्योगककी सञ्चालक माया गुरुङले बाताउनुभयो ।
६ वर्ष अघि स्थापना गरेर वार्षिक ५ देखि ७ लाख रुपियाँसम्म आम्दानी गदै आएको गुरुङले बताउनुभयो । गुरुङका अनुसार जेन्स पर्स, लेडिज साइड ब्याग, हेन्डिल, बास्केट, हटम्याट, डोर म्याट, रुम म्याट, मेनु कभर ड्रोइङ क्लोथलगायतका सामग्री उद्योगबाट उत्पादन भएको सामगं्री केही जिल्लाभित्र अधिकांश काठमाडौ निर्यात हुने बताउनुभयो ।
अलैचिको रेसाबाट उत्पादित सामग्रीको राम्रो माग रेहेको तर माग अनुसार उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो । माग भएअनुार रेसाको सामग्राी उत्पादन गर्न नसक्दा आम्दानी अझ बढ्ने सम्भावना हुँदा हुँदैपनि सम्भव नभएको उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट