छोरा रोल्पाको जेलमा, बाबु भोट माग्दै काठमाण्डौमा

681
views

रोल्पा, ४ मंसिर । काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन । उनका छोरा सन्तोष भने रोल्पा स्थित जिल्ला प्रहरीको हिरासतमा छन् । बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउ बारे बाबुले अहिलेसम्म सोधखोज समेत गरेका छैनन् । प्रर्वसभासद्ले छोरालाई न फोन गरेका छन्, न त भेट्नै आए ।


‘मलाई पक्राउ गरेपछि बुवाले कुनै वास्ता गर्नुभएको छैन । फोन समेत गर्नु भएन्,’ गत कात्तिक २२ मा जिल्लाको मिझिङबाट पक्राउ परेका सन्तोषले भने, ‘ बाउछोराबीच बैचारिक भिन्नता भए पनि परिवारिक सम्बन्ध् त छदै छ नी । म उहाँको छोरा हुँ ।’ निर्वाचनविरोधि गतिबिधमा संलग्न भएको आरोप प्रहरीले सन्तोषसहित दलबहादुर खत्री (जागृती) लाई पनि पक्राउ गरेको थियो । आजको कान्तिपुर दैनिकबाट