मतदाताको विश्वासले काँग्रेसलाई जिताइसकेको छ–केसी

1012
views

नुवाकोट, ५ मंसिर । नेपाली काँग्रेसले लोकतान्त्रिक गठवन्धन गरी वाम गठबन्धनको दुई तिहाई ल्याउने सपनालाई चुनौति दिइरहेको छ । चुनावलाई अंकगणितिय खेलमा मात्र नभई विकास र ईतिहासले पनि प्रभाव पार्ने उत्साह सहित चुनावी मैदानमा होमिएको नेपाली काँग्रेस र काँग्रेसका उम्मेदवारहरु चुनावी अभियानलाई आक्रमक बनाउँदै लगेका छन् ।

नुवाकोटको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले जिल्लाको समग्र उन्नतिका लागि निर्वाचनमा होमिएको बताउँदै भने वाम गठवन्धनले नेपाली काँग्रेसको जित र ईतिहासलाई कुनै प्रभाव पार्दैन् । उनले काँग्रेसको ईतिहासको आधार, सो क्षेत्रमा आफुले गरेको विकास र जनताले दिलाएको विश्वाशले विजयी हुने दाबी गरे ।

केसीले राष्ट्रियताको प्रर्बद्धन, लोकतन्त्रको संर्बद्धन र नुवाकोटको विकास निर्माणको गतिलाई तिब्रता दिनका लागि आफ्नो उम्मेदवारी परेको भन्दै अत्यधिक बहुमतले विजयी गराउन आम मतदाता समक्ष अपिल गरे ।
बिदुर र बेलकोटगढि नगरपालिकामा एकीकृत नगर विकास योजना सम्पन्न गर्ने, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र निर्माण गरि जिल्लालाई समृद्धिको बाटोमा लैजाने, गल्छी (त्रिशुली–केरुङ्ग सडक बिस्तार गरि टोखा (छहरे सुरुङ्ग मार्गलाइ पूर्णता दिने, उत्तर दक्षिण रेल्वे निर्माणको योजनालाई प्राथमिकता दिने, पर्यटन विकासलाई जोड दिई उल्लेख्य पर्यटकहरु भित्र्याउने, युवाहरुला वैदेशीक रोजगारी नभई वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जस्ता एजेण्डाहरु ािर्वजनिक गर्दै ति एजेण्डा पारीत गराउन समेत आफ्नो विजय अनिवार्य भएको बताए ।

केसीले मतदातालाई निर्भिक रुपमा मतदान गर्न नेपाल सरकारले सुरक्षा व्यवस्थालाई कडाई बनाएको बताउँदै नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरु उत्साहित देखिएको समेत जानकारी गराए । उनले सद्भावना भड्काउन होइन चेतना फैलाउनका लागि संघर्ष आफुले जीवन्त संघर्ष गर्दै आएको बताउँदै नेपाली काँग्रेस पहिले देखिनै बामपन्थीहरुको शत्रु रहेको स्पष्ट पारेका छन् । उनले राजा र वामहरुको शत्रु नजरबाट पनि इतिहास रच्न सफल भएकैो काँग्रेसमा उन्मात र विष्मात कहिल्यै नआएको तर गणतन्त्र ल्याउन सफल भएको मतदातालाई प्रष्टयाएका थिए ।

ईतिहास रचेको काँग्रेसका सामु नुवाकोटमा वामपन्थी उम्मेदवारले विजय हासिल गर्न नसक्ने दाबी गर्दै नेता केसीले नुवाकोट प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।

नुवाकोटमा प्रतिनीधि सभामा अर्जुन नरसिंह केसी, प्रदेश सभातर्फ (क) नेपाली काङ्ग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, र (ख) मा नेपाली कँग्रेसका क्षेत्रिय सभापति जगतबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् ।