स्थिरता र समृद्धि

के अब काङ्ग्रेस कम्युनिष्टलाई डोर्याउँने दाम्लो एउटै हो ?

1035
views

के अब काङ्ग्रेस कम्युनिष्टलाई डोर्याउँने दाम्लो एउटै हो ? राजनीतिक अधिकार (स्वतन्त्रता र समानता) पूरै आइसकेको हो ? अव महिलाहरूले पुरुष सरह अधिकार पाइसकेका हुन् ? दलितहरू अपमानको खाडलबाट जुरुक्कै उठेर हाराहारीमा उभिइसकेका हुन् ? मधेशीहरू यो राज्यका एकै दर्जाका नागरिक भैसकेका हुन् ? जनजातीहरूको चपरीमुनी पुरिएको पहिचान व्युँतिएर उठ्यो ? जमीनका वास्तविक जोताहाहरूले आफूले चर्चेको जमिनको लालपूर्जा भेट्टाए ? अव राज्यले हल गर्नुपर्ने समस्याको सूचीमा सुकुम्वासी समस्या सँधैकोलागि ठीकठाक भएको हो ? मालिकहरूले मजदूरलाई ठग्ने चलन ह्वात्तै हराएको हो ? पचासौंलाख प्रवासी मजदूरहरूको लागि देशमै रोजगारी खुलिसकेको हो ? सामन्तवादको लास र त्यसले फैलाएको दुर्गन्ध शान्त भैसकेको हो ? दलाल पूँजीपतिको राइँदाइँ मासिएर राष्ट्रिय पूजीको विकासको बाटो खुल्ला भैसकेको हो ? छिमेकीहरू पूरै सच्चिएर हाम्रो नवऔपनिवेशिक अवस्था वदलिएर हामी पूरै स्वतन्त्र भैसकेका हौं ? अव नेपालीहरूको भोक, रोग, गरिबी, वेरोजगारी, हेलाहोचो, थिचोमिचो, भेदभाव शोषण र उत्पीडनबाट मुक्त भैसके ? यी माथिका प्रश्नको जवाफ “ हैन“मा मात्र आउँने अवस्था हो भने “स्थिरता र समृध्दिको नाराले एकमुष्टमा यी समस्याको रामवाण ओखती गर्ने हो त ?

के स्थिरताको वर्ग चरित्र हुदैन ?के समृद्धिको कुनै मोडल हुदैन या समृद्धिलाई नेतृत्व गर्ने विचारधारात्मक तथा राजनैतिक कार्य्दिशा हुदैन ? के पश्चगामी, यथास्थितिवादी र अग्रगामी नछुट्टिने स्थिरता र समृद्धि सारमा कस्तो हो ?  विचारको बहसबाट भागेर स्थिरता र समृध्दिको भेलमा बगिरहेको नेपाली समाजको प्रत्येक तप्काले एतातिर निधार खुम्च्याएर सोचोस । समाजवादी राजनीतिक तथा विचारधारात्मक कार्य्दिशासँग नजोडिएको स्थिरता र समृद्धि सतप्रतिशत पूँजीवादी नारा हो ।

–बलराम तिमिल्सिना