ढाडस

994
views

मेरो रगत
मेरो जगत

जसलाई जन्माउदा
पिडाको पराकाष्ठामा पुगेकी थिए
उसको पहिलो रुवाईमा
सम्पुर्ण पिडा भुलेकी थिए
आखामा आसु ओठमा मुस्कान
उसको चियह्हचिह्हमा म
हासेकी थिए ।

उ चाहिँ निस्पृट्ट थियो खुसी देखिन
कायर क्रान्तिकारी
छोरोको चाहना पाल्थ्यो
मन पोल्यो , मन मर्दै गयो
मन भाचियो ।
दिशापिसाब स्याहारे
राल सिगान चोट
मन फुर्किदै गयो
उ हुर्किदै गइ१
न स्कुल पुर्याउछ
न ल्याउने जागर गर्छ
मन मर्छ तर मन सम्हाल्छु ।
म सानै हुँदा
आमा बन रन्काउनुहुन्थ्यो
चोलिया फाटे दर्जीले सिउछ
मन फाटे भर्लङै
अति पछिको अतिचारले
ममि हेर्नू त एउटि आन्टिले
आफ्नै श्रीमानको औंलि काटिदिनुभयछ ।
मेरि छोरि पत्रीकाको हेडलाईन देखाउछे
सातकि छोरी
सायद मलाई साथ दिन खोज्छे
ढाडस देखाउछे ।

निर्मला न्यौपानेको फेसबुकबाट