बाम एकताः उत्तर साम्राज्यवादी डाँकाहरुको बलत्कारबाट जन्मिएको विकृत बाच्छो

1187
views

-भरत बम ‘रणबिर’

नेपालमा बाम भनेको कम्युनिस्ट हो र कम्युनिस्ट भनेको बाम हो भन्ने सबैभन्दा ठुलो सैद्धान्तिक र राजनैतिक भ्रम परेको छ जुन कुरा सम्पूर्ण रुपले गलत हो ।
त्यसो भए, वास्तविक सत्य के हो त ?
वास्तविक सत्य यो हो कि न त यी वास्तविक कम्युनिस्ट हुन न त बाम नै । किनभने, कम्युनिस्ट भनेको त निजि पुजीर स्वामित्व र त्यसमाथि आधारित व्यक्तिवादको बिरोधि हुन्छ, कम्युनिस्ट भनेको साझा पुजी र स्वामित्व र त्यसमाथि आधारित सामुहिकताको पक्षधर हुन्छन यति मात्रै हैन सो प्राप्तिका लागि निरन्तर संघर्स गर्छन तर यहाँ त यस्को बिरोध हैन सबैभन्दा बढी वकालत, रक्षा र बिकास गरिएको छ भने यी कसरी कम्युनिस्ट हुन्छन् ? त्यस्तै, बामपंथीको ऐतिहासिक सन्दर्भ र अर्थ भनेको सत्ता तथा यथास्थितिको बिरोधि भन्ने हुन्छ तर यहाँ त पटकपटक सत्ताको उपभोग गर्ने र यथास्थितिको रक्षामा निर्णायक भुमिका खल्नेहरु नै स्वघोसित बामपंथी छन भने यी कसरी बाम हुन्छन ?

बामपंथीको विजयले स्थायित्व, विकास र समृद्धि हुनेछ भन्ने अर्को ठुलो भ्रम छ यो पनि सम्पूर्ण रुपले गलत छ । किनभने, हाम्रो प्रत्यक्ष पहिलो भोगाइ र देखाई छ की, बिना कुनै श्रम र स्रोत नेपाली काङ्ग्रेसको नेताले द्दण् बर्षमा कमाएको सम्पत्ति एमालेका नेताले ज्ञण् र माओवादीका नेताले छ बर्षमा कमाएका छन भने यिनको बिकास र समृद्धिको नाराले सिङ्गो समाज,देश र जनताको बिकास र समृद्धि कसरी हुन्छ र रु धेरै भए नेताहरूको बिकास र समृद्धि कार्यकर्ता र आफन्तको एउटा निश्चित तहमा बिस्तार होला । त्यो भन्दा धेरै आशा गर्नु भविष्यमा पैदा हुने निराशाको कारक मात्रै हुनेछ ।

दोस्रो प्रत्यक्ष भोगाइ र देखाई छ कि ?

यी बामपंथीहरुको नेतृत्व नारामा बाहेक यथार्थमा स्वतन्त्र, स्वाधीन र स्वविवेकी पनि छैन,पराई बाट हाम्रो शब्दमा साम्राज्यवाद बाट निर्दे्शित, नियंत्रित र परिचालित छ त्यसैले बाम गठबन्धनले स्थायित्व पनि दिनसक्ने छैन ।

तैपनि बाम गठबन्धनमा जनताको आकर्षण किन ?

सामान्यतयाः एकातिर यी अरु भन्दा बढी दुख कष्ट,मिहिनेत, आन्दोलन र जनताको तल्लो तहबाट आएका हुन्छन् भने अर्को्तिर नेपाली जनताहरु अन्य देश भन्दा बढी सचेत छन र कम्युनिस्टलाई मन पराउछन । अर्को कुरा के छ भने लामो समयदेखि चुनाव बाट नै समाजवाद आउने भ्रमको जुन खेती थियो त्यस्को प्रतिफल वा बतासे अन्डाद्वारा बच्चा आगमन भएको छ । तेस्रो कुरा, हाम्रो समाजमा गाईको जब अस्वभाविक र विकृत रुप दुई टाउका भएको बाछो जन्मिन्छ तब त्यस्लाई आदर्शिकरण गरेर भगवान बनाईन्छ र पुज्न लगाईन्छ त्यस्तै राजनीतिको विकृत रुपको बाछो जस्तै हो बामगठबन्धनको विजय ।

अन्तिममा यो बाम गठबन्धन के हो त ?
यो बाम गठबन्धन भनेको संसोधनबादी, दलाल सुधारबादी, यथास्थितिबादी, प्रतिक्रान्तिकारी र फासिबादी गठबन्धन हो । यो गठबन्धन भनेको, कम्युनिस्ट क्रान्ति, समाजबादको उदेश्य, सहिदको बलिदान जस्ता आदर्श, मूल्य मान्यता र एजेन्डाको ब्यपार गर्ने चालू व्यपारिहरुको गठबन्धन हो । यो गठबन्धन भनेको नेपाली जनताको कम्युनिस्ट चाहानामाथी उत्तर साम्राज्यवादि डाकाद्वारा गरिएको बलात्कार बाट जन्मिएको त्यो विकृत बाछो हो जस्लाई आदर्शिकरण गर्दै भगवानको रूपमा पुज्न बाध्य पारिदैछ । त्यसैले, यो बाम गठबन्धन भनेको वास्तविक कम्युनिस्टहरु र बामपंथीको बदनाम गर्दै अन्त्य गर्न अगाडि सारिएको साम्राज्यवादि षडयन्त्रको गठबन्धन हो ।

विकल्प के हो त ?

नेपाली जनताहरु कम्युनिस्ट चाहान्छन भने वास्तविक कम्युनिस्ट व्यवस्था आउनु पर्छ, हुनुपर्छ र ल्याउनु पर्छ त्यो व्यवस्था भनेको बैज्ञानिक समाजवाद हो र यो एकीकृत जन क्रान्ति बाट बर्तमान दलाल व्यवस्थाको अन्त्य पछि आउँछ ।

त्यो बैज्ञानिक समाजवादमा के हुन्छ ?

पहिलो, देसलाई स्वतन्त्र भएको घोषणा हुन्छ र प्रत्येक नेपालीको टाउकोमा भएको द्दद्द हजार बिदेशी ऋण नतिर्ने घोषणा गरिन्छ, दोस्रो, भ्रष्टाचार गरेको सारा सम्पत्ति राष्ट्रियकरण गरिन्छ साथै जमीन पनि, जनताको शिक्षा र स्वास्थको सम्पूर्ण जिम्मेवारी राज्यले लिनेछ र युवा पलायनता रोकेर देश भित्र नै रोजगारीको व्यवस्था गरिनेछ । सम्पुर्ण युवाहरूलाई फौजमा भर्ती गरेर बिकास निर्माणमा लगाइनेछ र आवश्यकतामा अन्तर्रा्ष्ट्रिय हस्तक्षेपको विरुद्ध प्रतिरोध गरिनेछ र खुल्ला सिमानालाई पर्खाल वा तार जालिले व्यबस्थित गरिनेछ । महत्त्वपूर्ण कुरा कम्युनिस्ट पार्टीको निश्चित तहका नेताले “उस्बाट क्षमता अनुसार काम र उस्लाई आवश्यकता अनुसार दामको “नीति लागू गर्नेछन र उन्को व्यक्तिगत सम्पत्तिको अन्त्य गरिनेछ केवल यसरी मात्रै देशको बिकास र समृद्धि हुनेछ ।

पोलिटव्युरो सदस्य (नेकपा)