आर्थिक संकटमा अमेरिका, कम्तिमा आठ लाख कर्मचारी बेतलबी विदामा

663
views

एजेन्सी । अमेरिकाले पछिल्लो दिन पाकिस्तानसहित कयौँ देशलाई आर्थिक सहायता दिन बन्द गरिदिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहायता बन्द गर्नुको कारण पाकिस्तानमाथि आतंकवादको संरक्षण गरेको बताइएको थियो । तर अब त्यसको भित्री कारण खुल्न थालेको छ । समाचार अनुसार विश्व महाशक्ति अमेरिका आफैँ आर्थिक संकटको गहिरो खाडलतर्फ पर्न थालेको छ ।

तोकिएको समय अर्थात शुक्रबार मध्यरातिसम्म अमेरिकाका दुवै सदनबाट आर्थिक विधेयक पारित नभएपछि त्यहाँ सटडाउनको संकट निम्तिएको छ। सिनेटका डेमोक्रेट सांसदले आप्रवसन र खर्चमाथिको विधेयकलाई रोक्ने पक्षमा मतदान गरेपछि अमेरिकी संघीय सरकारले आधा रातदेखि सरकारी कार्यालय बन्द गर्न थालेको हो ।

यसको अर्थ अब अमेरिकाले कयौँ सरकारी विभागलाई बन्द गर्न सुरु गरेको छ । यो कदमको सीधा असर लाखौँ कर्मचारी बेरोजगार हुने अवस्था आएको छ। जसका कारण कम्तिमा पनि ८ लाख कर्मचारीहरु तलब पनि खान नपाई घरैमा थन्किनुपर्ने भएको छ ।

अमेरिकी सञ्चारमाध्यमले नै त्यहाँको अर्थव्यवस्था धेरै ठुलो जोखिमबाट गुज्रिरहेको उल्लेख गरेका छन् । पाँच वर्षमा दोस्रो पटक यस्तो अवस्थाबाट अमेरिका गुज्रनुपर्ने भएको छ । संसदबाट खर्च विधेयक पारित नभएपछि सरकारले कर्मचारीलाई दिने तलबदेखि अन्य साधरण खर्चको विकल्प खोज्न नसक्दा अमेरिका ’टाट पल्टिने दिशा’ तर्फ अघि बढेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सटडाउनको स्थितिबाट पार पाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रवार मध्यरातिसम्मको समय थियो । तर संसदबाट यो बजेट असफल भएपछि अमेरिकामा संकट चुलिएको हो । यो विधेयक सिनेटबाट पास नभएसँगै सटडाउन सुरु भएको छ । त्यहाँका केही राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र पनि बन्द हुन थालेका छन् । यो विधेयक फेल भएसँगै अमेरिका आर्थिक संकटबाट घेरिन पुगेको छ ।

राष्ट्रिय निकुञ्ज, संग्रहालय र स्मारकहरुमा यो सटडाउनको असर देखिन थालिसकेको छ। यसको कारण भनेको सटडाउनका कारण अबका केही दिनसम्म राहदानी र भिसा प्रक्रियामा पनि असर पर्ने भएकाले पर्यटकले पनि यी स्थानमा घुम्न पाउने छैनन् ।

यसले पर्यटनलाई सीधा असर गर्नेछ। पश्चिममा राष्ट्रिय पार्क र पूर्वमा स्मिथसोनियन इन्जिनियरिज संग्रहालयहरू सर्वसाधरणका लागि खुल्ने छैनन् ।

अहिले अमेरिकामा एन्टीडेफिसिएन्सी कानुन लागू गरिएको छ । यस कानुनका कारण संघीय एजेन्सीहरुले पैसाको कमीका कारण आफ्नो कामकाज रोक्नुपर्ने हुन्छ । बजेट अभाव भएपछि कर्मचारीलाई छुट्टीमा पठाइने गरिन्छ । यस छुट्टीका कारण तलब पनि सरकारले दिने छैन । यो स्थितिमा सरकारले संघीय बजेट ल्याउनुपर्ने हुन्छ । जसलाई प्रतिनिधि सभा र सिनेट दुवै सदनले पारित गर्नु जरुरी हुन्छ ।

अहिले अमेरिकी प्रशासनमा ३५ लाख कर्मचारी कार्यरत छन् । सटडाउनको अवस्था आएसँगै करिब साढे आठ लाख कर्मचारीले पहिलो दिन अर्थात शनिबार नै घरमा बस्नुपर्ने अवस्था आएको छ । तर यो संकटकाबीचमा सैन्यकर्मीको ड्यूटी भने जारी रहनेछ । उनीहरुलाई यो संकटकाबीच पनि हटाइने छैन ।

अमेरिकामा सटडाउनको स्थिति आएको यो पहिलो पटक भने होइन । यसभन्दा अघि सन् १९८१, १९८४, १९९०, १९९५(९६ र २०१३ माप नि सटडाउन भइसकेको छ। त्यो बेला अमेरिकाको स्थिति यति धेरै खराब थियो कि उसँग पास खर्च गर्नका लागि पैसा पनि थिएन ।

पाँच वर्षअघि पनि अक्टोबार २०१३ मा सटडाउन भएको थियो । जुन दुई सातासम्म चलेको थियो । त्यो बेला पनि ८ लाख कर्मचारीले घरमा थन्किनुपरेको थियो । त्यो बेला बाराक ओबामा राष्ट्रपतिको भूमिकामा थिए । अन्नपूर्ण पोष्टबाट