‘पार्टीभित्रै नजरबन्दमा परेका एमाले प्रभावशाली युवा नेता ठाकुर गैरे’

1058
views

काठमाण्डौ, १० माघ । एमालेका प्रभावशाली नेता ठाकुर गैरे विचारमा अब्बल र पार्टी कार्यमा निष्ठावान कार्यकर्ता हुन् । ०६२÷६३ को जनआन्दोलनमा सक्रिय उनी अनेरास्ववियुको अध्यक्ष थिए । उनी एकताका आन्दोलनका नेतृत्व हुन् । उनका समकक्षी एवं अन्य पार्टी तथा नेकपा एमालेका कैयौं नेता सांसद र मन्त्रीसमेत भए । तर निरन्तर पार्टीमा सक्रिय युवा नेता गैरेलाई पार्टीमा ‘नियोजित’ रूपमै पछि पार्ने प्रयास आजपर्यन्त जारी छ ।

गैर कार्यकालपछिकी अनेरास्ववियुकी अध्यक्ष बनेकी रामकुमारी झाँक्री र धेरै समयपछि अध्यक्षको जिम्मेवारी सम्हालेकी नवीना लामा दुवै सांसद बन्ने लगभग पक्कापक्कीजस्तै छ । तर गैरेका लागि यो पाँचवर्षको बाटो पार्टीले क्लिन स्विप गरिदिएको छ ।

२०७० र २०७४ मा अन्तिममा सूचीबाट हटाइएका गैरे राष्ट्रिय सभा सदस्यको उमेदवार बन्लान् भन्ने धेरैको अनुमान थियो । तर, निर्वाचनको केहीसमय अघि राप्रपा परित्याग गरी एमाले प्रवेश गरेकी कोमल वलीले टिकट पाउँदा गैरेलाई यसपटक त झनै धक्का लाग्यो ।

एमालेका बरिष्ठ नेताहरुका कारण उनी टिकटबाट पनि बञ्चित भए भने राष्ट्रिय सभामा त झनै माधवकुमार नेपालले सम्धी सोमप्रसाद पाण्डेलाई प्रतिनिधि सभामा टिकट दिएपछि उनको दुबै काटो बन्दजस्तै भयो ।

। राष्ट्रियसभा सभा सदस्यका लागि उमेदवार बन्न तलबाट आएका नाममध्येबाट २९ जनाको नाम छान्न सोमबार एमाले स्थायी कमिटीको बैठक बसेको थियो । त्यो बैठकमा पाँच नम्बर प्रदेश कमिटी संयोजक रहेका उपमहासचिव विष्णु पौडेलले ठाकुर गैरेको नाम नै नल्याएपछि उनी पाँचबर्षे फुलस्टपमा परे ।

“पौडेलेजीले लुम्विनी अञ्चलका सबै केन्द्रीय सदस्यको नाम ल्याउनुभएको थियो तर ठाकुर गैरेको नाम उहाँले ल्याउनुभएन बैठकमा सहभागी एक नेताले भने । गैरेका विषयमा विषयमा दुई घन्टा बैठकमा चर्काचर्की समेत भयो ।

माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यले गैरेलाई उमेदवार बनाइनुपर्ने आवाज उठाए पनि अन्तिममा अनेरास्ववियुका पूर्व अध्यक्ष र पार्टी केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई खुलातर्फबाट उमेदवार बनाउने निर्णय भएको ती सदस्यले जानकारी दिए ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा नेता गैरेले स्थायी कमिटीको निर्णयप्रति आफ्नो कुनै टिप्पणी नरहेको प्रतिक्रिया दिए । “म आन्दोलनमै छु । आन्दोलनले दिएको जिम्मेवारी कुनै हालतमा पूरा गर्छु । जिम्मेवार नेताहरूले गरेको निर्णयप्रति मेरो कुनै टिप्पणी छैन । ठाकुर गैरे उमेदवार बन्नुपर्थ्यो भनेर शुभेच्छा राख्नेहरूप्रति मेरो सम्मान छ,” उनले भने ।

गैरेलाई उमेदवार नबनाइएकामा पार्टीभित्र तीव्र असन्तुष्टि चुलिएको छ । एमालेका कार्यकर्ताहरूले कोमल वली रुचाइने पार्टीमा ठाकुर गैरे नपर्नु हास्यास्पद र आन्दोलनको अपमान भएको कठोर टिप्पणी समेत गरेको छ ।

युवराज ज्ञवाली स्वतः आउट
यसपटक संसद् भवन प्रवेश गर्न नपाउने एमालेका अर्का हेभिवेटका नेता एवं पार्टी उपाध्यक्ष हुन् युवराज ज्ञवाली । अघिल्लोपटक समानुपातिक सूचीमा परेका र सूचीबाटै सांसद् भएकालाई यसपटक उमेदवार नबनाउने नीतिका कारण ०७० सालमा समानुपातिक सूचीबाट सांसद बनेका ज्ञवाली पनि यसपटक प्रदेश, प्रतिनिधि र राष्ट्रियसभामा स्वतः रिङ आउट भएको एक नेताले बताए ।