युएईमा नेवा: दिवस भब्यताका साथ सम्पन्न

908
views

सचिन्द्र श्रेष्ठ
युएई । युएईवासी नेपालीहरुले नेवा: दिवस भब्यता का साथ मनाएका छन् । गत सुक्रवार नेवा : पुच : युएईको आयोजनामा युएइको अजमानमा एक कार्यक्रम गरी भब्य तरीकाले मनाएको हो ।

नेवा: पुच:का अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा समपन्न्न कार्यक्रममा केन्द्रिय पदाधिकारी, क्षेत्रीय पदाधिकारी,तथा मिसा: पुच:का पदाधिकारी र नेफिन युएई अन्तर्गत तमु समाजका अध्यक्ष उषा तमु ,तामाङ्ग समाजका अध्यक्ष महेश मोक्तान ,एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ,तथा एनआरएनए एनसिसिका मनोज गोर्खाली लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमका सभापती र अतिथिहरुको सामुहिक रुपमा नेवारी चलन अनुसार सुकुन्दामा दीप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रम शुभारम्भ गरिएको थियो।नेपालको राष्ट्रिय गानबाट शुरूवात गरिएको उक्त कार्यक्रममा गत मार्च १२ तारिखमा दुर्घटना भएको युएस-बांग्ला एयरलाइन्समा दिवंगत भएका सम्पुर्ण यात्रुहरुको आत्माको चीर शान्तिको लागि एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
नेवा: पुच: युएईका महासचिव कुमार बलामी र तथा केन्द्रिय महिला प्रमुख कामना श्रेष्ठले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए भने केन्द्रिय सदस्य हिरालाल श्रेष्ठले उपस्थित अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए । मन्तब्यको क्रममा श्रेष्ठले युएईमा रहेका नेवार समुदायलाई एकजुट हुन आव्हान गरेका थिए ।

स्वागत मन्तव्य पश्चात उपस्थित सम्पुर्णलाई मिसा: पुच: अबुधाबीका उपाध्यक्ष मीना श्रेष्ठ, सचिब अन्जना कर्माचार्य नकर्मी, कोषाध्यक्ष रजिना जोशी श्रेष्ठ, सदस्य अर्चना शिख्राकार, अजमानका पद्मा श्रेष्ठ र निरु श्रेष्ठ तथा शारजाहका कल्पना श्रेष्ठ लगायतले तयार पारेको वह:, न्या, खें, छोएला, अचार सहितको समयबजी दिइएको थियो।

कार्यक्रममा धिमे बाजा र भुस्याको तालमा केन्द्रिय सदस्य हिरा लाल श्रेष्ठले लाखे नाच प्रस्तुत गरेका थिए भने कामना श्रेष्ठ, अवनी श्रेष्ठ, बबिता श्रेष्ठ, शिव कुमार श्रेष्ठ र कुमार बलामीले लगायतले नेवारी नृत्यहरु प्रस्तुत गरेका थिए । मन्तव्यका क्रममा पुच: उपाध्यक्ष राजेश प्रधानले पुच:का विगत देखि हालसम्म भएका कार्यक्रममा प्रकाश पारेका थिए भने पुच:का भुपु अध्यक्ष, संरक्षक तथा विशेष सल्लाहकार प्रमोद श्रेष्ठले व्यक्तिगत पहलले मात्रै नभएर राज्यसंग पहिचान, भाषा र संस्कृति उत्थान र स्थापित गर्ने अधिकार प्राप्त गर्नुपर्ने भएकोले राजनैतिक रुपमा पनि जागृत हुनुपर्ने कुरामा जोड दिएका थिए । अबुधाबी क्षेत्रीयअध्यक्ष सुनिल मान श्रेष्ठले नेवा: दिवसलाई निरन्तरता दिँदै आफ्नो भाषा, संस्कृति तथा कलालाई जगेर्ना गर्नुपर्ने कुरामा जोड दिए । पुच:का अध्यक्ष लक्ष्मण श्रेष्ठले अन्य सामाजिक संघ संस्थासंग पनि हातेमालो गर्दै सामाजिक कार्यमा सहकार्य गर्दै नेवा: पुच:अगाडी बढ्ने कुरामा प्रकाश पारेका थिए यस कार्यक्रमका थकाली तथा पुच:का प्रमुख सल्लाहकार डा. सुरेन्द्र प्रसाद श्रेष्ठले युएईमा नेवार समुदायको गतिविधि र बिकास सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

पुच:का महासचिव कुमार बलामीले कार्यक्रम सफल पार्न विशेष भुमिका खेल्नु हुने मानार्थ सदस्यहरु भुवन नकर्मी, भीम नारायण श्रेष्ठ, रबिन महर्जन र भुपु महासचिव सुरथ प्रधान का साथसाथै केन्द्रिय, क्षेत्रीय र मिसा: पुच:का पदाधिकारी, उपस्थित कलाकारहरु तथा उपस्थित विभिन्न संस्थाका पदाधिकारी लाई संसारका कुनैपनी कुनामा रहेता पनी आफ्नो परिवार, संस्कृति र राष्ट्रलाई कहिल्यै नबिर्सन आग्रह गर्दै सम्पन्न भएको थियो ।