दिल्लीमा ओली–मोदीबीच भेटवार्ता हुँदै

1032
views

दिल्ली २३, चैत । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रात्रीभोज अगि भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले साँझ ओली र मोदीबीच भेट हुन लागेको पुष्टी गरेका छन् । मोदी निवास सेभेन रेसकोर्समा केहीबेरपछि ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता हुन लागेको दिल्लीस्थित दूताबासका राजनीतिक काउन्सिलर हरि ओडारीले जनाए ।

दिल्ली ओर्लेकै दिन औपचारिक सूचीमा नरहेको भेट तय गरेर मोदीले ओलीलाई सरप्राइज दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मोदीले दिल्ली ओर्लेकै साँझ भेटवार्ता गरेका थिए ।