जिउँदो अन्टार्कटिका

1583
views

दक्षिणी ध्रुवमा रहेको मानव वस्तीविहीन हिमाच्छादित महादेश अन्टार्क्टिकामा समेत आजभोलि मानवीय क्रियाकलापबाट खतरा उत्पन्न भएको छ । युरोपेली युनियनले हालै जलजन्तुका लागि एक संरक्षण क्षेत्र कायम गर्ने प्रस्ताव गरेको छ ।

यसै मेसोमा रोयटर्सका फोटो पत्रकार अलेक्सान्द्रे मेनेगिनीले हालै सो क्षेत्रको भ्रमण गरे। उनले यो चार दिने यात्रामा ह्वेल, पेन्गिुइन र विभिन्न हिमनदीहरु फेला पारे ।

‘केहीले सोचेभन्दा बिल्कुल फरक अन्टार्क्टिक जीवनले भरिपूर्ण छ । पेन्गुइन, समुद्री चराहरु, अनेक प्रजातिका सिल र ह्वेल माछा सँधै देख्न पाइन्छ,’ मेनेगिनी भन्छन्, ‘पेन्गिुनसँगको मेरो जम्काभेट अद्भूत थियो र त्यो मेरो अविस्मरणीय क्षण बन्यो ।’

पेन्गुइनहरु मानिसलाई शिकारी ठान्दैनन् र तपाईं हलचल नगरी बस्नुभयो भने ती तपाईंको वरिपरि घण्टौ बस्न सक्छन्,’ उनी भन्छन् । स्रोत नेपालखबर