राष्ट्रद्रोही संविधानको दिनगन्ति उल्टो

1402
views

–यज्ञ बहादुर थापा

नेपालमा संविधानको उल्टो गन्ति शुरु भैसकेको छ । राजसंस्था तथा राजतन्त्रको अवसान गराएर जनता र राष्टलाई के उपलब्धि भयो अब जनताले समिक्षा गरीसकेका छन् । १७००० भन्दा बढी जनताको ज्यान गुमाएर आखिर नेपालले राष्ट्रियता बेच्न पुग्यो । हिन्दु राज्यको रुपमा विश्व समुदायबीच परिचित नेपाल आज एकाएक अराजक राज्य, ईशाई मेशिनरीको बढ्दो प्रभावले नेपाल अब ईशाई राष्ट्र घोषणा हुनमात्र बाँकी रहेको हो । आर्थिक रुपमा सवल नेपाल आज २०४८ पश्चात र अझै संघीयताको अवैधानिक प्रवेश पछि देश परनिर्भतातर्फ उन्मुख गराउन थालियो । विदेशी कठपुतलीको रुपमा चिनिने लेण्डुप दोर्जेहरुको उदय र विकासले नेपाली युवाहरु झनै विदेश पलायन हुन थाले ।

नेपालमा संघीयता किन ? भन्ने आम जनताको धारणा नलिई नबुझी बिदेशीहरुको ईशारामा थोपरिएको यो कथित संघीयता शुरुमा नै विवादित बन्यो । राष्ट्रियता मासेर ल्याइएको र जर्वजस्त घोषणा गरिएको यो कथित संविधान नेपाली माटोमा पच्नै सक्दैन ।

उत्पादकत्वलाई भन्दा नेताको संख्यालाई प्राथमिकतामा राखेर आफ्नो गुणगान र भजन गाउने मण्डली तयार पार्ने र विदेशी तेश्रो राष्ट्रको इच्छा पूर्ति गर्ने साधकको रुपमा नेपाली दलालहरुलाई प्रयोग गरी बहुमत दल तयार गर्न लगाउनु र स्थानीय निकायबाट समेत पारित गराउने उदेश्यका साथ यो कथित संघीयता भित्राइएको हो । राष्ट्रवादी सचेत नेपाली नागरिककै कारण विमस्टेक सैन्य अभ्यास असफल हुनुमा आम राष्ट्रवादी नेपालीले गर्व गर्नुपर्दछ । विभिन्न पार्टीका नेताहरुबाट अब संघीयता हैन नेपाली माटो अनुरुप रेखा कोर्नु पर्दछ तसर्थ सम्पूर्ण राजनीतिक दलमा एक ठाउँमा उभिन आव्हान समेत भैसकेको छ ।

शुरुमा नेपाली मुकुन्डो भिरेर आएका विदेशी दलालहरुको पहिचान तथा भेद क्रमशः खुल्दै गइरहेको छ । सिंहदरवार भित्रै कथित बंश तथा जातीय मेला प्रहसन गर्नू , आफ्नै बाबुले आर्जेको नेपाल र प्राप्त बपौती जस्तो ठान्ने केपि ओली जनताको आँखाबाट कहिलै पनि पार पाउनै छैनन् । भ्रष्टाचार संरक्षण तथा हत्या, हिंसा र बलात्कारले सीमा नाघिरहेको छ । सुन तथा मानव तस्करहरु शीर उठाइरहेका छन् । कथित संघीयता विकास होइन विनाश बनेर आइरहेको छ । सरकार र नेता धान्ने नाउँमा राज्यले अवैज्ञानिक अपारदर्शी विज्ञहरुको सल्लाह र सहमति बिना नै ३ तहका सरकारले एउटै बस्तुमा तीन तहकै कर अथाहरुपमा लगाएको पाइन्छ । नेपालमा नीजि तहबाट खोल्न लागिएका घरेलु तथा मझौला उद्योगहरु सकभर खोल्न नदिने तयारीमा सरकार लागेको पाइन्छ । विदेशी लगानी कानून रुपमा भित्र्याउन नदिन कानून नै बाधक बनाइएको छ ।

संघीयतालाई मित्रताको रुपमा होइन शत्रुता र जातीय युद्धको रुपमा निम्त्याउन खोजिएको छ । स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारले रोजगार तथा स्वरोगार बृद्धि गर्नुको बदला ब्यक्तिको जीवनभर १२० दिने रोजगार राखेर नेपाली जनताको उपहास गर्न थालिसकेको छ । यो राज्यको यस प्रकारको नीति निमाणको विरुद्ध र दलाल, भाट शासकको विरुद्ध देशभक्तिका आवाजहरु मुखरित हुदै आएका छन् । यो कथित राष्ट्रद्रोही संविधान भ्रष्टचारीहरु समेतको उल्टो दिन गन्ति गणना शुरु भैसकेको छ । अग्रगामी छलांगको नाउँमा राष्ट्र विखण्डन गरी कमजोर बनाउने र राष्ट्र बेच्न उद्धत लेन्डुपहरु कमजोर नबनाएसम्म समग्र नेपाल र नेपालको विकास सम्भव छैन । नेपाली आमा नेपाली माटो अनुरुपको संविधान पुन तयार गरिनुपर्दछ । वर्तमान नेपालको संविधान २०७२ ले नेपाली जनताको भावना, ईच्छा, आकंक्षा पूर्ति गर्न कदापि सक्दैन । लेन्डुपेहरुले तयार पारेको यो राष्ट्रद्रोही संविधान आम नेपाली जनतालाई किमार्थ स्वीकार्य छैन् ।

नाङलो ठटाएर हात्ती त्रस्याउने उद्धत लेण्डुपेहरुले पटक पटक नेपालको अस्मितामाथि धावा बोलीरहेका छन् । नयाँ अनुहारका नयाँ लेण्डुपहरुको अवतार भैरहेको छ । १७ हजार मान्छे मारेर आतंकित अवस्थामा लेण्डुपेहरु तयार पारेको यो संविधान निश्चित रुपमा नेपाल र नेपाली जनताको समग्र हित विपरीत छ । राष्ट्रिय अस्मिता बेचिएको छ । राष्ट्रिय स्वाधिनतामा विदेशी हस्तक्षेप बढिरहेको छ । यो हस्तक्षेप बढ्नु राष्ट्रद्रोही संविधानको कारण हो । असोज ३ गते लेण्डुपहरु संविधान दिवस मनाउँदै गर्दा राष्ट्रवादी स्वाभिमान नेपालीहरु यो राष्ट्रद्रोही संविधानको समाप्तिको अध्याय शुरु गरिरहेका छन् । लेण्डुपहरुलाई फाँसीमा नचढाएसम्म सिंगो नेपालले कोल्टे नफेर्ने अथवा नेपालकै कायापलट हुन नसक्ने भएकोले राष्ट्रवादी संविधानको निर्माण गर्न समभव छैन । अतः लेण्डुपहरुलाई छिट्टै नै निशानाको सूचिमा राखी फाँसी वा गोलीले दाग्न जरुरी छ । जय देश जय स्वाभीमान ।