भ्यालेन्टाइन– प्रेम दिवस, कसरी मनाईन्छ ?

1098
views

सीताराम थापा
मानव–मानव बिचको असिम सम्बन्ध हो प्रेम । मानव सभ्यताको बिकास देखि नै प्रेमबाट शुरु हुन्छ, मानव जन्माउन गरिने संघर्षमा लुकेको हुन्छ, र जन्मेपछि सुरु हुन्छ (प्रेम, जीवन भर र मृत्युपछि स्मरण सम्म प्रेम) यसैले मानव अस्मिताको रक्षार्थ प्रेम । मानव मात्र नभएर सबै सजिव जन्तु वा निर्जिव फुल, प्रकृति आफैमा प्रेमको सुगन्धित अनुपम उपहार हो प्रेम । पूँजिबादको बिकासक्रम संगै बिश्वभर प्रेम गर्नेहरुको महान पर्व भ्यालेन्टाइन डे मनाउनका लागि आजदेखि भ्यालेन्टाइन विक (सप्ताह) सुरु भएको छ । फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन दिवस नेपालमा पनि विगतका एकाध बर्षदेखि शहरीया युवाहरुले साप्ताहिक रुपमा फ्लो गरि मनाइदै आइएको छन ।

राजधानी काठमाण्डौ पोखरा, धरान, बिराटनगर, लगायत शहरहरुमा भ्यालेन्टाइनको रहर र रौनकता छाएको हुन्छ। यस साता भरि आफ्नो प्रिय (प्रियसीलाई बिभिन्न उपहार दिएर वा ठटिङ घुमेर भ्यालेन्टाइन साता मनाउन आमोदित हुन्छन् । नव किशोर किसोरीहरु । सहरीया, धनाड्य र बिदेश बाट फर्केकाहरु भने उमेर नाघिसमेको लाई पनि यो ल

त लाग्ने बताउँछन् । बिदेशबाट आयातित यो साता कुन दिन, कसरी मनाउँछन, यसबारे संक्षिप्त चर्चा गर्ने यत्न गरिएको छ ।

७ फेब्रुअरी रोज डे

यो दिनलाइ बिश्वभर रोज डे को रुपमा मनाइने गरिएको छ । भनिन्छ, हिटलरले आफ्नी प्रेमिका इभालाई यसै दिन रातो गुलाव उपहारको रुपमा दिएके थिए । त्यस समय देखि यस दिनलाई रोज डे को रुपमा मनाउन थालिएको किम्वदन्ती छ । नेपालमा आफुले मन पराएका व्यक्तिहरुलाई यस दिन रातो गुलाव उपहारको रुपमा दिदै मनाउने गरेको पाइएको छ ।

८ फेब्रुअरी प्रपोज डे
यस दिन मन पराएको व्यक्तिलाइ निर्धक्क आफ्नो प्रेम प्रस्ताव राखिन्छ । हुन त बर्ष भरि मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न पर्पोज डे नै कुर्ने नेपाली कमै होलान, बिदेश तिर बढि यसदिन पर्पोज गरेको प्रेम प्रस्ताव स्विकृत हुन्छ भन्ने विस्वास गरियको छ । तपाई पनि आफुले मनपराएको व्यक्तिलाइ निर्धक्क प्रेम प्रस्ताव राख्ने बानीको विकास यसले गर्ने छ ।

९ फेब्रुअरी चक्लेट डे
नेपालीमा एउटा आख्यान छ, जहाँ गुलियो, उहि मन भुलियो यस दिन चक्लेट लगायतका मिठामिठा परिकार खुवाएर आफुले मन पराएको व्यक्तिको मन जित्नका लागि गरिन्छ । जसले गर्दा आपसमा माया र सद्भावको वृद्वि हुन्छ । तपाइ पनि आफुले मन पराएको व्यक्तिलाई चक्लेट खुवाएर आपसमा माया अनि सद्भाव बढाउन सक्नुहुन्छ ।

१० फेब्रुअरी टेड्डी डे
टेड्डी एकदमै नरम, मुलायम र कोमल बस्तु हो । माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेड्डी दिने चलन छ । बजारमा बिभिन्न आकार प्रकारका सुन्दर टेड्डीहरु पाइन्छन् । आफुले मन पराएको व्यक्तिलाइ टेड्डी उपहारको रुपमा दिन सकिन्छ ।

११ फेब्रुअरी प्रोमिस डे
माया गर्नेहरुले आफुले मन पराएको व्यक्तिलाई आकाशको तारा झारेर ल्याइदिने समेत प्रोमिस गर्छन । तैपनि मायामा विश्वास दिलाउनको लागि प्रोमिसको जरुरी पर्दछ । जीवनभर साथ निभाउने गरि यसदिनको प्रोमिसको अर्थ नै बेग्लै र बिश्वास गरिन्छ । आफुले मन पराएको व्यक्तिलाइ प्रोमिस गरेर थप बिश्वास जितेर मनाउने प्रचलन छ ।

१२ फेब्रुअरी हग डे
हग गर्नेलाइ हामी अगालोमा बाधिने भन्ने बुझ्छौ । यो दिन आफुले मन पराएको व्यक्तिसंग न्यानो अगालोमा बाधीएर एक आपसमा मायाको अनुभुती प्रकट गर्ने गरिन्छ । यस दिनलाई मायामा विश्वासको कदम बलियो बनाउने दिन भन्दा पनि हुन्छ । तपाइ पनि आफुले मन पराएको व्यक्तिसंग अंगालोमा बाँधिएर यस दिन मनाउन सकिन्छ । तपाइले जति कसिलो अगालोमा बाध्नु भयो तपाइको माया त्यति कसिलो हुन्छ भन्ने कथन छ ।
१३ फेब्रुअरी किस डे
किस डे अर्थात चुम्वन दिवस । बच्चा जन्मदै चुम्बन माया प्रदर्शन गर्ने एउटा माध्यम पनि हो । आफ्नो मायालाइ सुमधुर बनाउन चुम्बनको महत्वपूर्ण भुमिका हुन्छ । जसले मायालु जोडिलाई लालहित उर्जा प्रदान गर्दछ, । आफ्नो मायालाइ व्यक्त गर्ने आधारको रुपमा रहेको चुम्वनको माध्यमबाट मायाको प्रदर्शन गर्न सकिन्छ ।

१४ फेब्रुअरी भ्यालेन्टाइन डे
फेब्रुअरी १४ एक महत्वपूर्ण दिन हो । यो दिनमा प्रेमी प्रेमिकाहरु आपसमा खुलेर एक अर्कालाइ खुशी पार्न तल्लिन हुन्छन । ठुल्ठुला उपहारका ठेली भन्दा पनि जीवन भर याद दिलाइ राख्ने उपहारहरु एक अर्कामा अर्पण गर्दछन । यो दिन माया गर्नेहरुको इतिहासमा अर्थपूर्ण दिन हो । यस दिन पनि कयौं यूवा यूवतीले अरु दिन व्यक्त गर्न नसकेका मनका भावनाहरु व्यक्त गर्दछन् । वास्तवमा माया गर्नेहरुको लागि यो एउटा अवसर पनि हो । युवा मात्र नभयर अबिवाहित र बिवाहित जोडि पनि अरु सप्ताह भरी नभएनि यस दिन प्रेममा बिश्वास राख्छन ।

विश्लेषणः प्रेम आफैमा प्राकृतिक उपहार हो। यो देस, समय र परिस्थिति अनुकुल गरिन्छ । तर पश्चिमा देश बाट आयातित यो दिवस नबुझि पनि मन्द गतिले उच्चारण गर्दै मनाईरहेका छन । विश्वब्यापिकरण र उपभोक्ताबादि संस्कृतिले मलजल गरेको यस दिवस रोकेर रोकिदैन । प्रेमलाई छेकेर छेकिन्न । तर पश्चिमाहरुको तडक भडक नगरि, नक्कलि फुल बुट्टा नभरी जीवनलाई जीवन जस्तै पाच्य र श्वभाबिक रुपमा मनाउन सकेमा प्रेम साप्ताह र दिवस सार्थकता पाउने छ । किन कि एकाथरि मानिसहरु पश्चिमा बिकृत र गलत संस्कृति भनी बहिस्कृत गर्ने गरिन्छ, अर्काथरी मानिसहरु, गलत संस्कृतिको आवाज मुखरीत नथाक्ने तर यो संस्कृतिमा लिप्त हुने । एकाथिर जानि नजानि यसबारे थाहा नपाई मुन्टो हल्लाउन बिवस छन । एकाध सृजनशिल र आलोचनात्मक चेत राख्नेहरु प्रेम दिवस बाह्य आगमन प्रति सचेत सजग हुँदै नेपाली पन नेपाली तरिका स्थाजिय संस्कृतिलाई असर नगरि यसलाई स्विकारोक्ति गर्नुपर्छ भन्ने छन । यसले पार्ने सामाजिक आर्थिक र राजनीतिक प्रभाव सकरात्मक हुनुपर्दछ ।