–सीताराम थापा
नेपाल कम्युनिष्ट पार्टीको ७० औ स्थापना दिवस मनाइएको छ । ७० वर्ष अघि जहानियाँ राणा शासनका विरुद्धमा प्रजातान्त्रिक जनआन्दोलनको क्रममा २२ अप्रिल १९४९ तदनुसार २००६ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पूर्ण नागरिक स्वतन्त्रताको लडाई जिन्दावाद भन्ने उद्घोष गर्दै स्थापना भएको कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल, निरञ्जन गोविन्द बैद्य, नरबहादुर कर्माचार्य, नारायण बिलास जोसि र मोतीदेवी श्रेष्ठ हुनुहुन्छ । यस स्थापना दिवसको अवसरमा संस्थापक नेताहरूप्रति हार्दिक सम्मान व्यक्त गर्नु सच्चा कम्युनिष्टहरुको दायित्व हो । साथै कम्युनिष्ट आन्दोलनमा होमिएका वीर सपूत र सहिदहरु प्रति श्रद्दा सुमन ब्यक्त गर्नुपर्दछ भने त्योभन्दा माथि रहेर आन्दोदनमा होमिएर सहिद हुनेहरुको सपना पूरा गर्न मार्क्सवाद, लेनिनवाद र माओवाद÷बिचारलाई सहि ढंगले नेपालको सन्दर्भमा शंस्लेषण गर्दै लागू गरेमात्र सच्चा सहिदहरुको सम्मान हुनेछ ।
श्रमजीव बर्ग र गरिब वर्गको जीवनसंग जोडिएको राजनीति गरि राज्यशक्तिले उनीहरु र आम नेपालीको हितार्थ जबसम्म काम हुदैन तबसम्म वास्तविक कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउनुको औचित्य हुदैन । यसको लागि दलका नेताहरुले आफैलाई रुपान्तरण गरेर आफुलाई सर्वहाराकरण गरेर अनि आफु जनतासंग जोडिएर देशको परिस्थिति अनुरुप जनमुखी बिकासको काम हुन आवश्यक छ । जनमुखी बिकास जन केन्द्रित, जनसहभागिता र जनताले जनताद्वारा सिजित गरिएको हुन्छ । यसको लागि वास्तविक र ब्यबहारिक रुपमा गरिबमुखि विकास हुन सकेको छैन । यतिमात्र नभएर पूँजिवादी बिश्व मानव अधिकार घोषणा पत्रका उल्लेखित जनताको अधिकारहरु समेत स्थापित हुन सकेको छैन ।
आज गरिब÷सर्वहारा बर्गले सहज तरिकाले नागरिकता पाउने, मानव सरह बाँच्न पाउने, सम्मानित भएर जीवनयापन गर्ने अवसरको सृजना समेत हुन सकिरहेको छैन । सुधारवादी विकास, सुधारात्मक विकास र अधिकारका लागि नेपालमा सरकारी र केही रेडिकल गैससंहरुले सत्प्रयास गरेका थिए । तर ती प्रयासहरु दिगो र गुणात्मक जनमुखी फड्को मार्न सकेन । यसको मुख्य कारण कम्युनिष्ट सरकारमा पनि भौतिक निर्माण जस्ता सुधारवादी काम मुख्य रुपमा भएपनि रुपान्तरणकारी जनमुखी र जनताको मानव अधिकार संग जोडिएका प्रयासहरु गौण बन्दै गए ।
कम्युनिष्ट सरकार भएको बेलामा पनि जनताको अधिकार, न्याय, समानता, स्वतन्त्रताको हक अधिकारबाट बंचित भएर कुण्ठित भएका छन । वास्तविक पीडित बर्ग र समुदाय तथा ब्यक्तिहरुलाई न्याय दिलाउने कार्य निकै कमजोर भएको छ । मानव जगतमा सामाजिक समाजसेवी भावना मृत बनिरहेको छ । बिचारबाट निर्देशित हुने कुरामा नयाँ पुस्ता ज्ञान र सुचनाबाट बञ्चित छन् । पहुँच भएकाहरुले मात्र समाज सेवा गर्ने तर रेडिकल जनमुखी अधिकार र बिकास गर्ने संस्थाहरु परिचालन हुने अवसरमा झनै कुठाराघात भएको छ । बिदेशी सहयोगमा गैसस क्षेत्रमा सरकारले आकर्षण नगर्दा बैदेशिक आय ह्वातै घटेर पनि अर्थतन्त्रमा गरिरावट आएको छ ।
यसैले भावि दिनहरुमा सापेक्षिक रुपमा भएपनि जनमुखि विकासका लागि बहस गर्दै सबै बर्गको न्यायमुखी अधिकार र विकास पथमा लागि पर्न सबैले दबाब सृजना गरेमा मात्र कम्युनिष्ट बिचारको भावना प्रकट हुने छ । तर यतिबेला सबैखाले अधिकार अधिकारवादी, नागरिक समाज सत्तामा रहेर मौनता छाएजस्तो अवस्था सृजना भएकोले समस्या र चुनौति थपिएको छ । असल र सुन्दर कर्म गर्ने मानिसहरुले समस्या र चुनौतिको सामना गरि अघि बाँडिरहने छन । न्यायपुर्ण र अधिकार प्राप्तिको लागि सचेत र सजग हुँदै अघि बढौं । एकाधिकारवादीहरुको बिरोधमा दरिलो आवाज उठाऔ । यसरी अघि बढ्न सकेका मात्र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसले केही सार्थकता पाउने छ । हैन भने चुक घोप्टिएको कालो अंन्धमुष्टि अंध्याँरोभित्र नेपाली जनता र गरिब बर्ग रुमलिने छन । यसबाट सचेत र सावधानी होऔं । सन्सारका मजदुर एक होऔं भन्ने नारालाई सार्थक बनाऔं । पोष्टरमा लेखिएका नाराहरुको सार्थक विना महान गुरुहरुको सम्झना पनि व्यर्थ र झुट हुनेछ । लेखक नागरिक अभियान्ता हुन् ।