⌊कविता ⌉ हीरा :
–परशुराम कोइराला
फारौं कालो, गगनदिपको, प्रितका गीत गाऊ
सारायात्री, बन कुसुमका दुष्ट घोंडा लखेटौं
काँडा रोपी हरदम सदा पुष्पगुच्छा नमारौं
स्वप्नालाई, अधमहरू भै, पिंजडामा नहालौं ।।
आस्था राम्रा नवकिरणका, फुल्नु है पर्छ यहाँ
वासन्तीभै, मुसुमुमु मुना, हाँस्नु छ आज यहाँ
माया जालो तन र मनमा, देशप्रीती झुलाऔं
ताता राता रगत सबका, जुर्मुराई उठाऔं ।।
हाँसौंनाचौं मिलिकन सबै, क्रान्ति डाकौं सुनौलो
खोली आँखा, उठन जुटलौ, कान्ति ढोका उघारौं
छामी पीडा तनमन सबै, चम्किलो दीप बालौं
डाँडाबेसी जुटन अब लौ, चेतना बीऊ रोपौं ।।
आस्था रोपी बरविपल झैं, मीत नौलौ लगाए
प्रीती फुल्थ्यो गगन सब यो, रक्तनाता लगाए
बोकौं खुँडा लहर बलमा, भूत सारा भगाऊँ
न्यानोज्योती सुखद सपना, कान्ति नौलो फुलाऊँ ।।
हीरामोती टिप चुनरी यो, चाउरी पार्न हुन्न
लाछी रून्चे नबन अबता, उल्लु झैं बन्नु हुन्न
सारा खोज्छन् तरुतरुलमा, मोहनी बिज रोप
आत्मा कालो नगर अबता, निभ्छकि द्वीप छोप ।।
तारा ज्योती गगन नभका, चम्किलो हुन्छ हेर
हीरा लाली चहक गमिला, मूल्यका हुन्छ हेर
कीर्ती राखौं रस चहकिने, कीर्तिमै फुल्छ मूल्य
होस्टे हैंसे गरिकन जुटे, बन्छ यै हीरा तुल्य ।। (मन्दाक्रान्ता)
पोखरा–१४