जितेन्द्र थापा
दैलेख । चारैतिर सालहरु फुलेका छन् । चारैतिर गाउँ र गाउँको बिचमा सालघारी राष्ट्रिय वन पर्छ । साल सल्ला, बाँस, निगाला उत्तिस गरि विभिन्न रुखविरुवाहरु आफ्नै तालमा हावाको वेगसङ्गै हल्लिरहेका छन । बिचमा खोला खोलाको पानी आफ्नै गतिमा बगिरहेको छ ।
चैत्रको खरहरि धुप त्यही खरहरी धुप बिभिन्न रुखबिरुवा हावापानीसङ्गै र गोरुगोठाला र घसेराहरुलाइ चाहर्दै जिल्लाको ठाटिकाध गाउपालिका वडा दुइ प्याडुल्लिका जयबहादुर शाहीको दिनचर्या बित्छ । उनि सालघारी राष्ट्रिय वनमा वनपाले (चौकिदार) लागेको सातवर्ष भयो ।
उमेरले सत्सट्ठी वर्ष नाघिसके अहिले पनि सालघारी राष्ट्रिय वनका वनपाले हुन । बिहान उज्यालो नहँुदै सिट्ठी फुक्दै घाँस काट्ने घसेराहरुलाई हपारर्छन त दिउँसो गोरुगोठालाई साँझसम्म वनमै हुन्छन । सात वर्षसम्म सालघारी राष्ट्रिय वनमा लागेको तर आफुले दुःख मिहिनेत गरेअनुसारको ज्याला नपाएको बताए ।
पहिले एक वर्षको दुई पाथी अन्न दिन्थे स्थानिय तह आएपछी गाउपालिकाले पन्ध्रहजार रुपैयाँ पारिश्रमिक दिने भनेर लागे आफुले सो रकम नपाएको बताए । गाउँपालिकाले पन्ध्रहजार रुपैयाँ भनेपनी २०७६ को असारमा तेह्रहजारमात्र पाएको बाताए ।
पहिले गाइबस्तु छाडा छोड्नाले र जथाभावी घाँस दाउरा काट्नाले सालघारी राष्ट्रिय वन सकिन लागेको थियो अहिले आफु दिनरात नभनी राष्ट्रिय वनलाई पुनःस्थापन गरेको शाहीले बताए । पारिश्रमिक नपाउँदा हेर्न छाडिदिऊँ लाग्छ तर आफुले छोडेपछी कतै सबै जङ्गलको फेरी विनास त हुने हैन उनलाई चिन्ता छ । शाहीले आँफुले बन हेर्न छाडिदिने हो भने अरुले नहेर्ने वन हेर्यो ज्याला दिएनन् उनले दुखेसो पोखे ।
गाउँपालिकाले पारिश्रमिक दिन्छु भन्यो दिएन
उमेरले घरको कुनामा बस्ने बेला हो अहिले । तरपनी पारिश्रमिक बिनानै हेरिरहनु परेको छ । अहिले न त वन कार्यालयले हेरेको छ न कुनै संस्थाले हेरेन “घुम्दा घुम्दा कहिलेकतै मरौजस्तै लाग्छ, पारिश्रमिक छैन म अब सक्दैन आँखा देख्दैन भन्दा कसैले मान्दैन छाडौं भने छोड्न मन लाग्दैन पहिलेबाट लागेको र धेरै समय यस्मै बिताएकाले छोड्न मन लाग्दैन अरु कसैले हेर भन्दा हेर्दैनन् ।
२०४४ सालमा पञ्चायतको वडा अध्यक्ष समेत जितेका शाही एकपाथी धानमा पानीको चौकीदार समेत बसेका थिए ।