कोरोना कहरमा नयाँ बर्षको शुभकामना

1281
views

–सीताराम थापा
बिश्वब्यापी रुपमा भयावह माहाव्याधी कोरोना भाइरसकोबीच नेपालमा नयाँ बर्षको शुभकामना आदान प्रदान गरिरहेछौं । शुभभकामनाको बाढी जस्तै गरि सामाजिक संजाल भरिए । एकातिर प्रविधिले अर्काेतिर कोरनाले विश्व एउटै मालाको सुत्रमा उनिरहेको छ । तर एउटा भू–भाग नेपालमा नयाँ बर्ष मनाईरहदा धेरैजसो सचेत नागरिकहरुले मानव जातीलाई बिनास गर्ने माहामारीको अन्त्यको कामना उजागर गरेको देखियो ।

लकडाउनमा बसेर मनाईरहेको शुभकामना कम खर्चिलो र कम भड्किलो भएको छ ।

लकडाउनमा बसेर मनाईरहेको शुभकामना कम खर्चिलो र कम भड्किलो भएको छ । यस्तो संस्कृतिले कोरनाबाट जोगाउन सहयोगी बनेको छ । आज कतिपय देशहरुमा बन्द, बन्दी भईरहँदा पनि आत्मा अनुशासनको अभावले होटल, डान्सवार र धार्मिक स्थलमा भिडभाड भएकाले पनि कोरोना संक्रमण बढेको बाहिर आएको छ । हामी प्रकृतिको उत्कृष्ट सन्तान नेपाली भएर पनि मातृभूमिको दोहन र शोषण गर्ने थालनी स्वयं मानवले नै गरेको छ । मानवद्वारा सृजित यो विनासकारी स्वयं मानवलाई नै अहितकारी सावित भएको छ ।

यसैले एकाथरी मानव जातिले एउटा भुगोलबाट गरिने कर्मले अर्काे भुगोलका मानिसलाई बिनास गर्छ भन्ने पाठ सिकाएको छ । मानवको कारण प्रकृतिले दिएको शिक्षाबाट मानव सचेत हुँदा पनि यसको सही ब्यवस्थापन नगर्दा वैज्ञानिक हुन सकेको छैन । अहिले पनि चमेरोदेखि सर्प खाँदा कोरोना उत्पन्न भएको विश्लेषण गरिएको छ । मानिस र समाजका गलत प्रवृत्ति र संस्कृति निर्माण गर्ने र प्रकृतिमैत्री नभई दिगो विकास नहसने संदेश प्रवाह गरेको छ । नयाँबर्ष र बर्षोत्सवलाई सुखमय मनाउन पात्रो फेरिएको औपचारिकताको आदान–प्रदान गर्नु एउटा कर्मकाण्डीय कुरा मात्र हो भन्ने यसले सिकाएको छ ।

नयाँ बर्षमा पुरानो बर्षको समिक्षा प्रगति र नयाँ सोच, योजना आएमा बल्ल सबै बर्गका मानिसहरु हर्षित हुने छन । हैनभने अझै पनि आधा नेपाली नयाँ बर्षको अर्थ दिन श्रम गरिखानेलाई बेअर्थ सावित भएको छ । समाजमा असमानता, गरिबी, अभाव, बेरोजगारी र विभेद ब्याप्त हुन्छ त्यहाँ साल या बर्ष फेरिएर केही फरक पर्दैन । भोग र रोगबाट बञ्चित वर्गलाई पनि नयाँ बर्षले छुनपर्छ । दक्षिण एसियाको नमुना संविधान अक्षर र कानूनमा समानताको हक अधिकार स्थापित भएपनि सोंच चिन्तन र भोग, रोगमा पुनःसंरचना नगरेसम्म नयाँ बर्षको अस्थित्व कायम हुन्न । नेपालका अथाह सागर जस्तै रोग र भोकको मानिस समानताको महसुस नगर्दासम्म नयाँ बर्षको मर्ममाथि बज्रपात हुन्छ ।

आज कति मानिस कोरोनाको लास र त्रासमा छन । मानिसको लकडाउन भित्र बास छ । कतिमा खान, लाउन, आँशु र आक्रोषको भाका छ । कति नेपाली सिमानामा हराएको मन लिन बिवस छन । आज एउटा देशलाई गिज्याउँदा अरु देशमा कोरना संत्रास फैलिएको छ । यस्को दुरगामी असर संसारका गरीबहरुलाई पर्ने छ । नवबर्षले अघिल्लो बर्षको स्मरण गर्दै हामीलाई भबिष्यका दृष्यहरुसँग परिचय गराउनतिर लैजानु पर्छ । त्यसैले नवबर्षलाई साच्चै सार्थक र मूर्तरुपमा रुपमा मान्ने मनाउने हो भने पुराना बर्षहरुको सारा विकृति र विसंगतिहरुलाई भत्काएर पुनः निर्माण गर्नु पर्छ । कोरनाजस्ता महाब्याधि र कहरहरु आउन नदिने संकल्प नयाँ बर्षको योजना हुनुपर्छ । हामी सबै मानवको न्याय र हित हुने समाज निर्माण गरौं । यस्तो कोरोना आउन नसकोस् सबैमा नब बर्षको यही मंगलमय शुभकामना ।

–लेखक नागरिक अभियान्ता एवं विष्लेषक हुन् ।