-जगत योगी
चामुण्डाबिन्द्रासैनि नगरपालिका ६,दैलेख
छाति माथी अडेको
मेरो देश कसरी हेरु
कालो बादलमा हराएको ।
सोचेर बस्दा ढिला हुन्छ होला।
अब कसरी चल्छ नेपाल।
अब नेपाल आमाको दैनिकी कसरी चल्छ।
ए ! सुकुमार पुत्रहरु हो।
रुमलिएको देशमा आज
कसैको साहरा खोजी रहेछ।
जुर्रमुराउदै गरेको मेरो देश।
कसरी चल्छ वैसाखीको साहरामा
कसरी गति लिन सक्छ मेरो देश।
सोच्ने बेला भएन र हँ।
ए ! सुकुमार पुत्रहरु हो।
चल्दैन होला फाटो ल्याएर।
घर र देश बनाउन त
एकता चाहिन्छ। सहनसिलता चाहिन्छ।
किन पाएन एक अपाङ्गले वैशाखी
किन पाएन एक निर्दोश बालकले
कपि कलम उ बेला बन्दुक बोकेर।
ए ! सुकुमार पुत्रहरु हो।
किन पाएन जस्को लागी
बाउ मरेरका थिए। उसैले
एक थान सिटामोल मलम पट्टी
किन गरीबका लागी खाली हुँदैन
हस्पिटलको सैया पिज गरेका बाटा
किन पुग्दैन केक बोक्ने हेलिकप्टर
कर्णालीका भिरबाट लडेका घाइते बोक्न।
ए ! सुकुमार पुत्रहरु हो।
कस्ले देला कर्णालीका पैदल यात्रीलाइ
एक थान चप्पल जस्को खुट्टा खाली हुन्छ।
अनि ति अध्यारा बस्तिहरुमा बत्ती।
असैय पिडामा छट्पटाएका ति सुत्केरीलाइ।
बोक्ने एक थान एम्बुलेन्स ।
चाहिँदैन
बरु त्यो लास बोक्ने सवबाहन
ए ! सुकुमार पुत्रहरु हो।