काभा महिला भलिबल नेसनल लिग आज नेपाल र इरानबिच प्रतिस्पर्धा

9
views

नवदृष्टि संवाददाता
२०, साउन
काठमाडौं, काठमाडौंमा जारी काभा महिला भलिबल नेसनल लिगमा आज नेपाल र इरानबिच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।

शनिबार भएको लिग चरणको दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली खेल जित्न अग्रसर छ ।
लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ । समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ । २ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहीन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ ।
नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो। इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो। श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।