विश्व स्तनपान सप्ताहको अवसरमा विद्यालयमा शिक्षा

7
views

वदृष्टि संवाददाता
पर्वत, २०, साउन
अगस्ट एक देखि सातसम्म विश्वभर ‘विश्व स्तनपान सप्ताह, २०२४’ चलिरहेका बेला पर्वतमा पनि विश्व स्तनपानको अवसरमा विद्यालयमा शिक्षा प्रदान गरिएको थियो ।स्वास्थ्य कार्यालय पर्वतले स्वास्थ्यकर्मीहरूले विद्यालयहरुमा अनिवार्य रूपमा स्वास्थ्य विशेष कक्षा लिएको हुनुपर्ने व्यवस्था सुरु गरेको छ ।

सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार पूर्ण स्तनपान, स्तनपानको महत्व र बालबालिकाको वृद्धि अनुगमनको बारेमा स्वास्थ्यकर्मीले जानाकारी दिएइका थिए ।
स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अञ्जली पौडेल क्षेत्री र ममता ढकालले बच्चाका लागि स्तनपानको महत्वको बारेमा स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहारहरू, स्तनपान गराउने विभिन्न आसन र सम्पर्कहरू, पूर्ण स्तनपान लगायतका बारेमा जानाकारी गराएका थिए ।
नेपालमा स्तनपानको अवस्था हेर्दा जन्मेको एक घण्टाभित्र ५५ प्रतिशत, छ महिनासम्मको पूर्ण स्तनपान ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गर्ने ९४ प्रतिशत रहेको तथा सन २०३० सम्मको लक्ष्य ९० प्रतिशत रहेको जानकारी अञ्जली पौडेल क्षेत्री दिइन् ।
स्तनपान भन्नाले शिशुलाई जन्म दिएपछि आमाले आफ्नो स्तनबाट निस्किने प्राकृतिक दूध खुवाउनु भएको र शिशु जन्मेको जतिसक्दो चाडो एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नुपर्ने जनस्वास्थ्य अधिकृत ममता ढकालले बताइन् ।
विवाहित र विस वर्ष माथिका लच्छीत गरेर सचेतना फैलाउने कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पर्वतको रहेको जनाईएको छ ।