काभा महिला भलिबल उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुदै

14
views

नवदृृष्टि संवाददाता
२३, साउन
काठमाडौ/ काभा महिला भलिबल उपाधिका लागि नेपाल र भारतबीच आजै प्रतिस्पर्धा हुदैछ । फाइनल खेल अपराह्न ५ बजे शुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए ।
सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेसनल लिग प्रतियोगितामा बुधवार इरानले श्रीलंकालाई सोझो ३ सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा इरानले श्रीलंकालाई २५–२२, २८–२६, २५–१७ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।
नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको छ ।