डेंगु बढेपछि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान संचालनगर्न आग्रह

10
views

नवदृष्टि संवाददाता
२४, साउन
काठमाडौं / देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसख्यां मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेंगु सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

उक्त मन्त्रालयले डेंगु सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेंगुका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन ‘डेंगु डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
प्रवक्ता बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगु सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको बताए ।
यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेंगु सङ्क्रमण र एकजनाको मृत्यु भएको जनाईएको छ ।